नेकपा (माओवादी केन्द्र) पुर्नगठन, प्रचण्ड समूहले आत्मसमर्पण गरेपनि नयाँ ढंगले अघि बढ्छः किराती

नेकपा (माओवादी केन्द्र) पुर्नगठन, प्रचण्ड समूहले आत्मसमर्पण गरेपनि नयाँ ढंगले अघि बढ्छः किराती

  • शुक्रबार, जेष्ठ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

४ जेठ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किरातीले प्रचण्डले नेतृत्व गरेको समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् ।

शुक्रबार माओवादी केन्द्रको एकताबारे पत्रकार सम्मेलनका आयोजना गरेर किरातीले भने “पुँजिवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका प्रचण्ड समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, बल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादी कित्तामा पलायन भयो” ।

ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि समेत फासीवादी दमन तथा भारतीय शासकसामु निर्लज्ज रुपमा आत्मसमर्पण गरेको आरोप लगाए । “प्रचण्ड समूहको वैचारिक रुपमा पुँजीवादी आदर्शवाद, राजनीतिक रुपमा संसदीय आत्मसर्मपणवाद, सांस्कृतिक रुपमा चरम उपभोक्तावाद तथा नेपालको बाहृय र आन्तरिक राष्ट्रियताको प्रश्नमा नव–प्रतिक्रियावादमा पलायन भएको छ” किरातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेसँग एकताको सहमतिदेखि असहमति राख्दै आएका किरातीले नेकपा (माओवादी केन्द्र) पुर्नगठन गरेका छन् । उनले प्रचण्ड समूहले आत्मसमर्पण गरेपनि माओवादी केन्द्र नयाँ ढंगले अगाडि बढ्ने बताए ।

पत्रकार सम्मेलनमा किरातीले राष्ट्रिय भेला आयोजक समितिले साउन ७ गतेदेखि १२ जिल्ला संयोजन र २६ सम्पर्क समिति गठन गर्ने र सर्वहारा वर्गको सेवामा माओवादी केन्द्र सँधै समर्पित भइरहने र समाजवादी व्यवस्था लागु गर्ने प्रतिबद्धता पनि पनि जाहेर गरे । उनले पार्टी पुर्नगठनमा जुट्न नेता–कार्यकर्ताहरुलाई अपील समेत गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ