एमाले र माओवादी केन्द्रबीच पार्टी एकताः ओली र प्रचण्डले एकिकृत पार्टीको नेतृत्व गर्ने,के के भयो सहमति?

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताः ओली र प्रचण्डले एकिकृत पार्टीको नेतृत्व गर्ने,के के भयो सहमति?

  • बिहिबार, जेष्ठ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, ३ जेठ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गरेका छन् । कम्युनिष्ट पार्टीको व्यानरमा फरक धारको राजनीति गर्दै आएका एमाले र माओवादी केन्द्र सात महिना लामो छलफल र बहसपछि एक भएका हुन् ।

यो सँगै नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ । सामूहिक रुपमा सपथ ग्रहण गर्दै ४४१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको हो ।

आजै नयाँ पार्टी दर्ताका लागि नेता सुवास नेम्वाङ र देव गुरुङ निर्वाचन आयोगमा जाने तयारी छ ।

एकिकृत पार्टीको नेतृत्व केपी ओली र पुष्पकमल दाहालले गर्नेछन् । एकतापछि पार्टीको नौ सदस्यीय सचिवालय बन्ने भएको छ । सचिवालयमा दुई अध्यक्ष सहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनुहुनेछ । त्यसबाहेक नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेललाई सचिवालयमा राखिएको छ ।

पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठलाई दिइएको छ । पार्टीको महासचिव पौडेल हुनुहुनेछ ।

सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने जनाईएको छ ।

यस्तै एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने तय भएको छ । जसमा माओवादी केन्द्रले ४५ प्रतिशत पाएको छ । एमालेबाट २४१ र २०० जना माओवादी केन्द्रबाट केन्द्रिय सदस्य बन्नेछन् ।

यस्तै पोलिटब्यूरो भने तत्काल बन्ने छैन । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुकाअनुसार स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना हुनेछन् ।

एकतापछि पार्टीको चुनाव चिह्न सूर्य रहनेछ भने निर्देशक सिद्धान्त ‘मार्स्वाद–लेलिनवाद’ हुनेछ । राजनीतिक कार्य्दिशा ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’ छ ।

एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको २१औं शताब्दीको बहुदलीय जनवादलगायतका वैचारिक मान्यतामा छलफल गर्दै जाने सहमति पनि दुई दलबीच भएको छ ।

यसअघि वाम एकता संयोजन समितिको आजको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । त्यसपछि दुवै दलको केन्द्रीय समितिले निर्णय अनुमोदन गर्दै आ आफ्नो केन्द्रीय समिति भंग गरेका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकीकृत पार्टीको पहिलो बैठकमा नै केन्द्रीय सदस्यहरुले नयाँ पार्टीको सदस्यको रुपमा सपथ पत्रमा हस्ताक्षर गरेपछि सपथ ग्रहण गरेका थिए ।

कुनै समय एक अर्कालाई सिध्याउने सम्मको टकरावमा रहेका दुई दल पछिल्लो चुनावी गठबन्धनबाट अन्तमा पार्टी एकता नै गरेका हुन् ।

 

के के भयो सहमति?
  • एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने। दुई अध्यक्षात्मक प्रणाली अपनाइने। दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली
  • नौ सदस्यीय सचिवालय रहने। सचिवालयमा दुई अध्यक्ष सहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन्। त्यसबाहेक नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन्। पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठालाई दिइएको छ। पार्टीको महासचिव पौडेल हुनेछन्।
  • सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने
  • केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने।
  • मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने। एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ