प्रचण्डले जनयुद्ध गरेकोमा पश्चाताप पर्दै मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो ?

प्रचण्डले जनयुद्ध गरेकोमा पश्चाताप पर्दै मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो ?

  • बिहिबार, जेष्ठ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, जेठ ३ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतालाई विलयको संज्ञा दिदैँ आजकै दिन एकता घोषणा गर्नुको अर्थ के भनेर प्रश्न गरेका छन् ।
एमालेका तत्कालिन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको २५ औं स्मृति दिवसका अवसरमा दुवै पार्टीबीच एकता घोषणाको तयारी भइरहँदा डा. भट्टराईले ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले ट्विट गर्दै लेखेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औं स्मृति दिवसमा हार्दिक श्रद्धासुमन । आजैका दिन एमाले–माके विलयको घोषणाको कुनै संकेतिक अर्थ ? प्रचण्डले जबजको विरुद्धमा जनयुद्ध गरेकोमा पश्चाताप पर्दै मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस् ।’

त्यसअघि उनले बुधबार साँझ यसै विषयमा ट्विट गर्दै भनेका थिए, ‘एमाले–माके एकता अन्ततः सम्पन्न हुन लागेकोमा दुवैलाई बधाई÷शुभकामना । तर केही अनुत्तरित प्रश्नः के बानरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ? गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई हुन्छ । माइनस एकको मूल्य धेरै कि माइनस दुईको ? सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिस्ट नाममा मोह किन ?’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ