काठमाडौं, जेठ ३ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमालेकै सरकार रहेका बेला स्वर्गीय एमालेका तत्कालीन महासचिव मदन भण्डारीकै धर्मपत्नी तथा राष्ट्रपति विद्यादेवी भण्डारीले मदनको निधनबारे सत्यतथ्य बाहिर नआउनु दुखद भएको बताउनु भएक्ाे छ । उहाँले अाज सामाजिक सञ्जाल ट्विटरमा एमालेका भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनको विषयमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निधनबारे सत्यतथ्य जानकारी गराउन आग्रह गर्दै प्रश्न गर्नुभएकाे छ, प्रधानमन्त्रीलाई केवल एक प्रश्न, रेशमी पर्दा पछाडि लुकेकालाई सार्वजनिक गर्ने बेला भएन र ?
`मदन भण्डारीको निधनबारे सत्यतथ्य अझै बाहिर नआउनु दु:खद´ -केहीअघि सम्माननीय राष्ट्रपति विधादेवि भण्डारीले मोरङको इटहरामा भन्नुभयो ! मदन-आश्रितप्रति हार्दिक श्रद्धा व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्रीलाई केवल एक प्रश्न…`रेशमी पर्दा पछाडि लुकेका´लाई सार्वजनिक गर्ने बेला भएन र ?