एमाले माओवादीबीच अाज एकताकाे घाेषणा हुँदै, अाजै अायाेगमा नयाँ दल दर्ता गराउनेः एकता घोषणा अघि के–के हुँदैछ ?

एमाले माओवादीबीच अाज एकताकाे घाेषणा हुँदै, अाजै अायाेगमा नयाँ दल दर्ता गराउनेः एकता घोषणा अघि के–के हुँदैछ ?

  • बिहिबार, जेष्ठ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडाैं, जेठ ३ ।  नेकपा एमाले र माओवादी केन्द्रबीच अाज पार्टी एकताको घोषणा हुँदैछ । यसका लागि अाज बिहान १० बजेपछि पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।
समितिले एकताको औपचारिक निर्णय गर्ने दुवै दलले जनाएका छन् । हिजाे साझ एमाले र माअाेवादी दुबै दलले छुट्टाछुट्टै बैठक बसेर अाज एकता गर्ने जनाएका छन् । त्यसअघि प्रचण्ड र अाेलीबीच छलफल भएकाे थियाे ।
अाजकाे एकता संयाेजन समितिकाे बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासम्बन्धि प्रस्ताव पेश गर्ने र त्यसलाई समितिले अनुमोदन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।
यस्तै अाज विहीबार एमालेको पुरानो कार्यालय रहेको ठाउँ बल्खुमा एमालेले आयोजना गर्ने मदन आश्रीत स्मृति सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागि हुने कार्यक्रम पनि तय भएकाे छ । एमाले माओवादी दुवै दलका कार्यकर्तालाई दुवै अध्यक्षले संबोधन गर्ने जनाइर्एकाे छ ।

एकता संयोजन समितिको बैठक बसेर एकताको निर्णयलाई अनुमोदन गरेपछि दुवै दलका केन्द्रिय समितिको बेग्लाबेग्लै बैठक बस्न र बैठकले पार्टी एकता गर्ने र आ आफ्ना केन्द्रीय कमिटी भंग भएको एकै ब्यहोराको निर्णय गर्ने जनाइएकाे छ । पार्टी एकताबारेको जानकारी निर्वाचन आयोगलाई दिने  र पत्रकार सम्मेलन गरि औपचारिक निर्णय जानकारी गराइने पनि जनाइएकाे छ ।  ।

दुइ दलकाे एकता पछि नयाँ दल यस्तो बन्ने बताएका छन् ।

  • नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी ।
  • नेतृत्व–केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले गर्ने । (ओली सरकारमा र प्रचण्ड पार्टीको संगठनमा बढी केन्द्रित हुने र पार्टीका निर्णयमा दुवै नेताको भूमिका बराबरी हुने समझदारी ) ।
  • चुनाव चिन्ह सूर्य ।
  • केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय (एमालेका २ सय ४१ र माओवादीका २ सय जना)
  • स्थायी समिति ४३ सदस्यीय (एमालेका २५ र माओवादीका १८ जना) ।
  • महाधिवेशन २ वर्षभित्र गर्ने ।
  • सरकारको नेतृत्व फेर्नेबारे तत्काल केही उल्लेख नगर्ने ।
  • मार्गदर्शक सिद्धान्त महाधिवेशनले टुंगो लगाउने तत्काललाई माक्र्सबाद–लेनिनबादलाई मार्गदर्शक सिद्धान्त मानिने । जनताको बहुदलीय जनवाद र माओवादलाई महाधिवेशन हुँदासम्म बहसमा लैजाने ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ