अन्ततः भाेली (बिहीबार) एमाले र माओवादीबीच एकता हुने !

अन्ततः भाेली (बिहीबार) एमाले र माओवादीबीच एकता हुने !

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, २ जेठ । अन्तत नेकपा माअाेवादी केन्द्र र नेकपा एमालेबीच भाेली एकता हुने भएकाे छ । नेकपा (माओवादी केन्द्र) ले भोलि बिहीबार नेकपा (एमाले) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताबारे रिपोटिङ गर्नुभएको थियो । बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भन्नुभयो, “पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको छ ।”

पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उहाँले जानकारी दिनुभयो ।

यसअघि अाजै एमालेकेा पनि स्थाइ समितिकाे बैठक बसेकेा थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ