ओली र प्रचण्डबीचको छलफल सकियो, यस्तो छ बैठकको निर्णय

ओली र प्रचण्डबीचको छलफल सकियो, यस्तो छ बैठकको निर्णय

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं जेठ २ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकतालाई गति दिने बिषयमा छलफल भएको छ ।

राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको बैठकमा ओली र प्रभण्डबीच पार्टी एकता संयोजन समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने सहमती भएके छ ।

त्यसका लागि भोली बिहान १० बजे एकता संयोजन समितिको बैठक बोलाउने सहमति गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिनुभयो ।

उहाँका अनुसार दुई अध्यक्षबीच आज पछिल्लो समय देखिएका असमझदारी अन्त्य गर्दै एकतालाई टुंगोमा र्पुयाउने बिषयमा गहन छलफल भएके थियो ।

२ दलबीच चाँडै एकता गर्ने सहमति भएपनि शीर्ष तहमा ठोस सहमती बन्न नसक्दा दुई पार्टीको एकता लम्बिदै गएको छ । यसबीचमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र आफ्नै पार्टीका दोस्रो तहका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

दुबै पार्टीका दोस्रो तहका नेताहरुले आपसी असमझदारीलाई स्पष्ट राख्दै एकता प्रक्रियालाई निष्कर्षमा र्पुयाउन नेतृत्वमाथी दबाब दिईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ