विद्यार्थीको विशाल र्याली विद्यार्थी सभामा परिणत

विद्यार्थीको विशाल र्याली विद्यार्थी सभामा परिणत

नेताहरुले सम्बोधन गर्ने क्रम सुरु

  • मङ्लबार, जेष्ठ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, १ जेठ ।

अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)द्वारा आयोजित विद्यार्थी दिवसको र्याली दरबार संग्रहालय परिक्रमा सकेर विद्यार्थी सभामा परिणत भएको छ ।

र्याली राजधानीको लैनचौस्थित डीडीसी अगाडिको खेलमैदानमा प्रवेशपछि जनसभामा परिणत भएको हो । अहिले जनसभामा विद्यार्थी नेताहरुले सम्बोधन गर्ने क्रम सुरु भएको छ ।

अखिल क्रान्तिकारीले देशमा संगठित रुपमा अधिकारका लागि विद्यार्थीहरुले संगठन स्थापनाको आज ५४औं विद्यार्थी दिवस मनाउने सन्दर्भमा र्याली आयोजना गरेको जनाएको छ । आजको र्याली र कार्यक्रम विशेषगरी विदेशी त्यसमा पनि भारतीय शासक वर्गबाट नेपालका प्राकृतिक स्रोत, साधन र शासन प्रणालीमा हस्तक्षेप जारी राखेको भन्दै त्यसका विरुद्ध केन्द्रित गरी मनाइरहेका छन् ।

हालै मात्र प्रधानमन्त्री केपी ओलीले नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीसँग घाँटी जोडेर अरुण–३ जलविद्युत आयोजना जस्ता राष्ट्रका विरुद्ध शिलन्यास गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै विद्यार्थीहरुले ओली सरकार र भारतीय शासकविरुद्ध चर्का नारा लगाएका छन् ।

अरुण तेस्रो खारेज गर्नुपर्ने माग उनीहरुले जोडदार उठाएका छन् । यो विषयले संसदमा समेत प्रवेश पाएको छ ।

अखिल क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी समर्थित विद्यार्थी संगठन हो । उसले शैक्षिक विसंगति र चर्को शुल्कलगायत विरुद्धमा संघर्षका कार्यक्रम संचालन गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ