ओलीको कार्यशैलीप्रति माओवादी सशंकित, एकता पनि धरापमा !

ओलीको कार्यशैलीप्रति माओवादी सशंकित, एकता पनि धरापमा !

  • मङ्लबार, जेष्ठ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, जेठ १ । पार्टी एकताकाे तयारी गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ ।

गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासम्म एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष दाहाल तर्सिएका छन् ।

दुई पार्टीबीच अविश्वास बढ्नुमा प्रधानमन्त्रीको कार्यशैली नै कारक रहेको माओवादी नेताहरु बताउँछन् ।

यहीबीचमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दाहाल थप असन्तुष्ट रहेको स्रोत बताउँछ । ओलीले मोदीलाई नागरिक अभिनन्दनका क्रममा चाकडी गरेको र भारतसँग लम्पसार परेको माओवादीको ठहर छ । –कारोबार दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ