गगन थापाको प्रश्न, ओलीलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने ?

गगन थापाको प्रश्न, ओलीलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने ?

  • सोमवार, बैशाख ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राष्ट्रियताबारे नानाथरी कुरा लगाएको तर आज आफू नै राष्ट्रियता धरापमा पार्न लागेको आरोप लगाउनु भएके छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले देखाएको रबैयाप्रति आपत्ति जनाउदैँ उहाँले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा भारत भ्रमण गर्दा सिंगटा बेच्न गएको र घुँडा टेक्न गएको भन्ने र आज आफूले त्यस्तै गर्दा राष्ट्रवादी भन्ने गरेकोमा आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, हिजो सुशील कोइरालालाई लम्पसारवादी भन्नेले भारतको सेना नेपाल किन मगायो ?’ संसदमा एमालेका सांसद महेश बस्नेतले नेपालको आन्तरिक सुरक्षा कमजोर भएको भारतको आँकलनले सेना आएको हुनसक्ने भन्ने अभिब्यक्ति दिएकोप्रति पनि आपत्ति जनाउँदै भन्नुभयो, ‘सत्तारूढका एक सांसदले मेयरलाई सुरक्षा दिन सकेन, त्यसैले भारतीय सेना आयो भने मैले तपाईंलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने ?’

विगतमा भारतका राष्ट्रपति आउँदा तामझाम गरेको भनेर एमाले नेताले लम्पसारवादी भनेको सम्झिदै मोदी भ्रमणमा ओली सरकारले देखाएको व्यवहारले महालम्पसारवादीको व्यवहार देखाएको बताउदैँ थापाले परराष्ट्र मामिलाबारे मुख्यमन्त्रीलाई नचिन्ने र त्यसको जिम्मेवार परराष्ट्र मन्त्रालय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउने रु यो कस्तो लम्पसारवाद हो यो कस्तो चाकडी हो ? हिजो अरुलाई कुरीकुरी गर्नुभएको थियो, आज आफैँ नांगै हिँड्नुभएको छ ।’ थापाले परराष्ट्र मामिलामा नेपालमा एकै धारणा बनाउनुपर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ