काठमाडौं,३० बैशाख ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्वलले नेपाली पत्रकारहरुमाथि भारतीय सुरक्षा फौजले गरेको ज्यादाति यहाँका निरीह शासकको परिणाम भएको बताउनु भएको छ ।
मालिक रिझाउन लम्पसार पर्ने शासक भएकै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला नेपालका पत्रकार र फोटोपत्रकारहरुले अमपान व्यहोर्न विवश भएको बताउनु भयो ।
आज बिज्ञप्ति जारी गर्दै विप्लवले नेपाली पत्रकारहरुले देशभित्रै भारतीय सुरक्षा फौजबाट मानमर्दन गर्ने हर्कतप्रति आपत्ति समेत जनाउनु भएको छ ।
नेकपाले मोदीले नेपालमा आएर विकास र समृद्धिका मुख्य आधारहरु प्राकृतिक जलसम्पदा कब्जा गर्ने षडयन्त्र गरेको भन्दै उहाँले उक्त हर्कतको बिरोधस्वरुप आज आयोजित नेपाल बन्द सफल भएको पनि बताउनु भएको छ ।
यहाँका शासक वर्गले नागरिकको पीडाभन्दा आफ्नो लुटको स्वर्ग बचाउनुलाई मुख्य ठानेकै कारण पत्रकारहरुले अपमान खेप्नु परेको घटना मोदीको भ्रमणमा व्यक्त भएको उहाँको भनाई छ ।
राष्ट्रिय समागृहमा (वैशाख २९ गते शनिवार) मोदीको ‘अभिनन्दन’ कार्यक्रममा नेपाली पत्रकारलाई तस्बिर खिच्न र समाचार संकलन गर्न निषेध गरिएको थियो । त्यहाँ मोदीसँगै आएका भारतीय संचारकर्मीलाई मात्र समाचार संकलन गर्न, भिडियो र तस्बिर खिच्न दिइएको थियो । त्यसको विरोधमा सभागृहपरिसरमा क्यामेरा र कलम डाउन गरेर विरोध जनाएका थिए ।
त्यस्तै उहाँले मोदीको जनकपुर र काठमाडौंको राष्ट्रिय सभागृहमा भएको अभिनन्दन नेपाली जनताले गरेको नभई स्वघोषित अभिनन्दन रहेको स्पष्ट पार्नुभएको छ ।
मोदीको भ्रमणलाई लिएर शासक प्रशासकले देशभक्त नेपाली नागरिकमाथि दमन र गिरफ्तारको प्रतिवाद गर्न नेकपाले आइतबारको नेपाल बन्द (आम हड्ताल)को आह्वान गरेको कुरा विज्ञिप्तमा प्रस्ट्याउनु भएको छ ।
त्यस्तै केपी ओली र प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त सीमित अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै विकास र समृद्धिको कुरा राष्ट्रवादी देखाउन स्वाङ रचेको बताउनुभएको छ ।
केपी–प्रचण्डलाई दलाल संसदीय पूँजीवादीको संज्ञा दिदैँ विप्लवले ‘राष्ट्रवादी’को स्वाङ रचेर केपी–प्रचण्डले आफ्ना पुराना प्रभु (भारतीय शासक)लाई देश विकास र समृद्धिका प्रमुख आधारहरु अमूल्य र आर्थिक सम्पदा सुम्पने काम गरेर राष्ट्रघात गरिरहेको भन्दै घोर विरोध गर्नुभएको छ ।
विज्ञप्तिमा महासचिव विप्लवले केपी र प्रचण्डको कथित वाम गठबन्धन र तिनीहरुको समाजवादउन्मुख राज्य व्यवस्थाको भ्रममा नपर्न पनि सबैसँग अपिल समेत गर्नुभएको छ । साथै दलाल संसदीय व्यवस्था समूल नष्ट गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने नेकपाद्वारा जारी राखिराखेको अभियानमा सरिक हुन पनि उहाँले देशभक्त र राष्ट्रवादीसँग आह्वान गर्नुभएको छ ।
विज्ञिप्तमा नेपाल बन्द सफल बनाउन सहयोग पुर्याउने देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीलगायत सबै पक्षलाई उहाँले धन्यवाद दिनुभएको छ ।
विज्ञप्तिको पूर्णपाठः
हाम्रो पार्टीले नेपाली जनतामाथि हुँदै आएका सबै खाले शोषण, दमन र उत्पीडनका विरुद्ध शृंखलाबद्ध रुपमाआन्दोलन गर्दै आइरहेको छ । पछिल्लो क्रममामुलरुपमासंविधान—२०७२ को घोषणा र त्यसको कार्यान्वयनभन्दै यहाँका संसदीय पार्टीहरुले आयोजना गरेको चुनाव र त्यो चुनावमाआफूलाई वामपन्थीको खोल ओडेर जनतामाभ्रमपारेर कथितवामगठबन्धनको बहुमतको भरमा बनेको केपीओली र प्रचण्डको संयुक्त सरकारले एकातिर जनयुद्ध र जनआन्दोलनबाट प्राप्त सीमितअधिकारहरुमाथिपनिप्रतिबन्धलगाउँदै गएका छन् भनें अर्कोतिरआफूलाई राष्ट्रवादी भएको स्वाङ रचेको केपी र प्रचण्डले आफ्ना पुरानाप्रभुलाई देशकाजलस्रोत लगायतकाअमूल्य र आर्थिक समृद्धिकामुख्यआधारहरु प्राकृतिक सम्पदासुम्पि रहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ र २९ को नेपाल भ्रमण, भ्रमणका क्रममासर्वत्र विवादित अरुण–३ को शिलन्यास, जनकपुरमा कथित नागरिक अभिनन्दनका नाममा भारतीय सेना र सुरक्षाफौजले गरेको ताण्डव नृत्य, मुस्ताङमापूरा अर्चनागर्ने नाममामोदी र उनका डफ्फाले गरेको क्रियाकलाप, राष्ट्रिय सभागृहमा गरिएको स्वघोषित अभिनन्दन र नेपालकापत्राकारमाथिभारतीय सुरक्षाफौजले गरेको हर्कतलाई निरीह प्राणी झैं टुलुटुलु हेरेर बस्ने नेपालकाशासकहरुको क्रियाकलापले नेपाल र नेपालीजनताको इतिहासमा नै मानमर्दन गरेको मात्र छैन किआफ्नो लुटको स्वर्ग बचाउनयहाँ दलाल संसदीयपुँजीवादीशक्तिहरु हदै सम्मलम्पसार पर्दा रहेछन् भन्ने कुरा पुष्टि गरेको छ ।
मोदीको नेपाल भ्रमणका क्रममाभारतीय सुरक्षाफौज, नेपालकाशासकप्रशासकले देशभक्त नेपालीजनतामाथि गरेको दमन र केपीओली सरकारले मालिक रिझाउन गरेको राष्ट्रघातका विरुद्ध हाम्रो पार्टीले वैशाख ३० गते आजकादिन नेपालबन्दको घोषणा गरेको थियो । उक्तबन्द नेपालीजनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीहरुको सक्रियता, समर्थन, सहयोग र ऐक्यबद्धतामा सफलभएको छ । त्यसैले यो बन्दलाई सफलपार्न सहयोग र समर्थन गर्नु हुने सबैप्रतिहाम्रो पार्टी हार्दिक धन्यवादव्यक्तगर्दछ ।
हाम्रो पार्टीअहिले नेपालीजनता र नेपाल राष्ट्रको पूर्ण मुक्तिअभियानमा छ । जबसम्म नेपालबाट दलालपुँजीवादी संसदीयव्यवस्थाको अन्तभई समाजवाद स्थापनाहुँदैन,तबसम्मनिरन्तर संघर्षमाहाम्रो पार्टी रहिरहने छ । यो केपी र पीकेको कथितवाम गठबन्धन र उनीहरुले भन्दै आएको समाजवादउन्मुख राज्यव्यवस्थाको भ्रममानपरी यो सत्ताको समुल नष्ट गरी वैज्ञानिक समाजवाद स्थापनागर्ने अभियानमा सरिक हुनपनिआह्वानगर्दछौं ।
विप्लव
महासचिव
नेपाल कम्युनिस्ट पार्टी
२०७५ वैशाख ३०