नेपालका प्राकृतिक सम्पदा हडप्ने षडयन्त्रअनुरुप भ्रमणमा आएका मोदीको इतिहासलाई बिर्साउने चाकडीः कञ्चन(बिज्ञप्तिसहित)

नेपालका प्राकृतिक सम्पदा हडप्ने षडयन्त्रअनुरुप भ्रमणमा आएका मोदीको इतिहासलाई बिर्साउने चाकडीः कञ्चन(बिज्ञप्तिसहित)

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

३० बैशाख, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा सरकारी पक्षबाट भएको सत्कारको स्तरलाई ईतिहासलाई बिर्साउने चाकडिको संज्ञा दिनुभएको छ ।

आज बिज्ञप्ती जारी गरी उहाँले मोदीको सत्कारलाई तत्कालीन बेलायती महारानीको भारत भ्रमणका बेला भारतीय शासकहरुले गरेका चरम चाकडीको संज्ञा दिनुभएको छ । मोदीको भ्रमणले नेपालको लागि राष्ट्रघात र गम्भीर नोक्सानी पुर्याएको पनि उहाँले बताउनु भयो ।

भ्रमणले भारतीय साम्राज्यवादी शासकको निर्देशनमा नेपाली मुक्तिकामी जनतामाथि थप दमन र हत्या बढाउन नेपालका पूँजीवादी दलाल शासकहरुलाई थप बल मिलेको उहाँको धारणा छ ।

मानवताका सबैखाले मुक्तिका लागि संघर्ष गरिरहेका मुक्तिकामी भारतीय जनतामाथि दमन र हत्या श्रृंखला मच्चाइरहेका भारतीय विस्तारवादी शासक मोदीले नेपाली शासकलाई त्यही कुरा सिकाउने बाहेक अरु केही नगरेको उहाँको जिकिर छ ।

मोदीसँगै मिलेर प्रधानमन्त्री केपी ओलीले देशको हितविपरीतमा रहेको अरुण–३ परियोजना शिलन्यास गरेर राष्ट्रघात गरेको प्रस्ट पार्दै उहाँले ओली–मोदीबीच कोशी उच्च बाँध बनाउने सहमति समेत गरिएको बताउनु भयो ।
‘भारतीय प्रधानमन्त्रीको जनकपुरदेखि काठमाडौं र मुस्ताङसम्मको भ्रमण र नेपाली दलालहरुको उनको चाकरीको स्तरले त्यही पुरानो इतिहासको झल्को दिन्थ्यो जो साम्राज्यवादी बेलायती तत्कालीन महारानी भिक्टोरियाको भारत भ्रमण र भारतीय नेताहरुको चरम चाकडी देखा पर्दथ्यो’ , मोदीको हकमा पनि सरकारले त्यही चरित्र देखाएको छ, बिज्ञप्तीमा भनिएको छ ।

भ्रमण नेपालका ठूला र महत्वपूर्ण प्राकृतिक सम्पदा हडप्ने षडयन्त्रअनुरुप भएको पनि उहाँले बताउनु भयो ।

हजारौं संख्यामा मुक्तिकामी भारतीय जनताको हत्या गरेर ग्रिनहन्ट नरसंहार मच्चाएका भारतीय शासक वर्गले नेपालमा त्यही गर्न उक्साउने बाहेक भ्रमणबाट अन्य केही नभएको नेता बास्तोलाको भनाई छ ।

अधिकारका लागि संघर्ष गरिरहेका भारतीय मुक्तिकामी जनतामाथि दमन र हत्या श्रृंखला बन्द गर्न पनि उहाँले भारत सरकारसँग माग गर्नुभएको छ ।

साथै दलाल पूँजीवादी व्यवस्था र साम्र्राज्यवादी शासनविरुद्ध संचालित वैज्ञानिक समाजवादको पक्षमा सहयोग गर्न समेत नेता बास्तोलाले क्रान्तिकारी र देशभक्त सबै शक्तिसँग अपिल पनि गर्नुभएको छ ।

विज्ञप्तिको पूर्ण पाठः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई धार्मिक एवं सद्भाव भ्रमण भनिए पनि मुलतः नेपाललाई दीर्घकालीन रुपमा नोक्सान पुर्याउने अरुण–३ परियोजनाको शिलन्यास, कोशी उच्च बाँधको गोप्य समझ्दारी र अन्तर्राष्ट्रिय नियम अनुसार नेपालले पाउनुपर्ने परवहान सुविधा र जल मार्गका लागि घुमाउरो भाषा प्रयोग गरी नेपालका सबै नदी तथा प्राकृतिक सम्पदा हडप्ने षडयन्त्रमा पटाक्षेप भएको छ । भारतीय प्रधानमन्त्रीको जनकपुरदेखि काठमाडौं र मुस्ताङसम्मको भ्रमण र नेपाली दलालहरुको उनको चाकरीको स्तरले त्यही पुरानो इतिहासको झल्को दिन्थ्यो जो साम्राज्यवादी बेलायती तत्कालीन महारानी भिक्टोरियाको भारत भ्रमण र भारतीय नेताहरुको चरम चाकडी देखा पर्दथ्यो ।
नेपाल र भारतका जनतामाथि अन्याय, अत्याचार, उत्पीडन र लुटखसोट मच्चाउँदै, भारतीय जनताका लागि सामन्त, दलाल, नोकरशाह, पूँजीवादी र विस्तारवादी र नेपालका साम्राज्यवादी भारतीय शासक वर्गका प्रतिनिधि नरेन्द्र मोदीको नेपाल भ्रमण नेपालमा सत्ता कायम गर्न होइन, नेपाली जनतामाथि उत्पीडन थोपर्न, नेपाली मुक्तिकामी जनतामाथि दमन गर्न यहाँका दलाल शासकहरुलाई उक्साउन उद्यत रहेको प्रस्ट देखा परेको छ । नेपालका दलाल शासकहरुलाई नेपाली जनतामाथि दमन गर्न उक्साउने, भारतीय शासकहरुले भारतीय जनतामाथि नरसंहार मच्चाइरहेका छन् ।
यही क्रममा ग्रिनहण्ट नाम दिएको नरसंहार अभियानमा भारतीय शासकहरुले सयौंको संख्यामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र हजारौं संख्याको माओवादी समर्थक जनताको हत्या गरेको छ । त्यो हत्या र दमनको भारत, नेपाललगायत विश्वभरिका मुक्तिकामी जनताले विरोध गर्दै आइरहेका छन् । यसप्रकारको हत्या र दमनको एउटै कारण रहेको छ कि भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले माओवादको आधारमा वैज्ञानिक समाजवादको माग । जहाँसम्म माओवादीले त्यो पार्टीको नेतृत्वमा भारतीय जनताको भारतीय दलाल पूँजीवादबाट आजादी (मुक्ति)को माग गरेको छ । सामन्तवादबाट आजादीको माग गरेको छ । विदेशी एकाधिकार पूँजीवादी उत्पीडनबाट आजादीको माग गरेको छ । हिन्दू र मुस्लिमको धार्मिक दंगाको प्रयोग गरी जनताका बिचमा पुरातनवादी भारतीय शासकहरुको पुरातनवादी दृष्टिबाट आजादीको माग गरेको छ । भारतले विभिन्न स्वरुपबाट गरिएको उत्पीडनबाट आजादीको माग गरेको छ ।
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा जनताले जम्मुकश्मिर, मेघालय, मणिपुर, आसाम, अरुणाञ्चल, गोवा, केरला, तमिलनाडू क्षेत्रका जनताको आत्मनिर्णयको माग गरेको छ । यस प्रकारका मागहरु पूरा गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुको सट्टा, सम्पूर्ण भारतीय जनतालाई समान व्यवहार गर्नुको साटो भारतीय सामन्त, दलाल र एकाधिकार पूँजीवादीहरुको पृष्ठपोषण गर्न भारतका किसान, महिला, कर्मचारी, मजदुर, दलित, मुस्लिमहरु लगायत तमाम जाति तथा राष्ट्रियतामाथि दमन मच्चाउने र उत्पीडन जनताको मुक्तिको लागि संघर्ष गर्ने भाकपा (माओवाद)माथि दमनचक्र मच्चाउने काम गरेको छ । न्याय, समानता, आत्मसम्मान र समस्त भारतीय जनताको समृद्धका लागि भारतमा सामन्तवादपछि दलाल पूँजीवाद तथा साम्राज्यवादी उत्पीडनको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापनाका लागि र मानव जातिका लागि सबैखाले उत्पीडन थोपर्ने पूँजीवादी व्यवस्थाको अन्त्य गरी राष्ट्रिय समानता, अन्तर्राष्ट्रिय मानवतावाद अभियानमा थोपरिएको सम्पूर्ण दमनचक्र बन्द गर्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तर्राष्ट्रिय विभाग भारत सरकारसँग जोडदार अपिल गर्दछ ।
उत्पीडनको चपेटमा परेका जागिरको विवशताले २–४ टुक्रा रोटीको प्रलोभनमा उत्पीडक शासकहरुको पक्षमा उत्पीडित भारतीय जनता चाहे त्यो कश्मिरमा होस् या नागाल्याण्डमा, अरुणाञ्चल होस् या हिमाञ्चलमा, चाहे भारतीय कम्युनिस्ट पार्टी (माओवादी) होस् या राष्ट्रिय मुक्ति आन्दोलनमा आफ्नै दाजुभाइको मुक्ति आन्दोलन गरेकाहरुमाथि, उत्पीडन दाजुभाई, दिदीबहिनीमाथि दमनमा नउत्रन र हत्यामा संलग्न नहुन हुन भारतीय सेना, प्रहरीहरुमा हाम्रो पार्टी नेकपा अपिल गर्दछ ।
भारतीय साम्राज्यवादी विस्तारवादी शासकहरुबाट गरिने उत्पीडन चाहे त्यो भारतीय जनताका विरुद्ध होस् या चाहे त्यो नेपाली जनताको, चाहे बंगलादेशी जनताको विरुद्ध होस् या पाकिस्तानी जनताका, जनताविरुद्ध अभियान हो । यसप्रकारको अभियानमा सहभागी नहुन हाम्रो पार्टी सबैमा अपिल गर्दछ । भारतीय साम्राज्यवादका विरुद्ध गोलबन्द हुन र आ–आफ्ना देशका दलाल पूँजीवादका दलालका विरुद्ध संघर्ष गर्न स्वाधीन, स्वतन्त्र र समृद्ध जनता बनाउने, अन्तर्राष्ट्रिय भाइचाराका आधारमा अन्तर्राष्ट्रिय र राष्ट्रिय उकता पैदा गर्दै र त्यसप्रकारको समाजको सुनिश्चित गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्न र बढाउन पनि सबै देशका क्रान्तिकारी, देशभक्त र जनवादी शक्तिहरुमा पनि हाम्रो पार्टी अन्तर्राष्ट्रिय विभाग अपिल गर्दछ ।

………..
कञ्चन
ईन्चार्ज
अन्तर्राष्ट्रिय विभाग

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ