क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेल सहित ५४ जना गिरफ्तार

क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेल सहित ५४ जना गिरफ्तार

  • शनिबार, बैशाख २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौ , २९ वैशाख ।

नेकपा क्रान्तिकारी माओवादीका नेता देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपि गजुलेर सहित करिब ५४ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण , अरुण तेस्रो लगायतका सन्धि सम्झौता खारेजीको माग गर्दै काठमाण्डौको अशनमा निस्कीएको र्यालीमा प्रहरीले हस्तक्षेप गरि गजुले सहितका नेताहरुलाई गिरफ्तार गरेको हो ।

काठमाण्डौके अशन नरदेवीबाट निस्कीएको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा उहाँ सहित २९ जनालाई गिरफ्तार गरेको छ भने देशका बिभिन्न स्थानमा भएको बिरोध प्रदर्शनका क्रममा पनि प्रहरीले हस्तक्षेप गरि ५४ जनालाई गिरफ्तार गरेको क्रान्तिकारी माओवादीले जनाएको छ ।

उता बाँकेको नेपालगंज स्थित धम्बोजी चोकमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएको छ ।

क्रान्तिकारी माओवादी बाँके, बर्दियाले संयुक्त रुपमा आयोजना गरेको विरोध कार्यक्रममा मोदीको पुत्ला जलाएको हो ।

त्यस क्रममा नेकपा क्रान्तिकारी माओवादीका बर्दिया जिल्ला सचिवालय सदस्य तथा युवाका प्रदेश नम्बर ५ संयोजक भुकम्प, बाँके सेक्रेटरी अर्जुन, मजदुर नेता विराट, युवा नेता दिपकलाई प्रहरीले गिरफ्तार गरेको जनाईएको छ । उता जिल्ला प्रहरी कार्यालय बाँकेले भने आवाश्यक सोधपुछका लागी नियन्त्रणमा लिईएको उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतका विभिन्न राजनितिक विषयमा आयोजना गरिएकोे विरोध कार्यक्रममा सरिक आफना नेताहरुको निशर्त रिहाईको माग गर्दै नेताहरुलाई नछाडे कडा आन्दोलन गर्ने नेकपा क्रान्तिकारी माओवादी बर्दिया सेक्रेटरीले चेतावनी समेत दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ