काठमाण्डौ , २९ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टीले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउन माग गर्दै आन्दोलन गरिरहेको छ । यहि मेसोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोहि बिषयमा छलफल गरेका छन् ।
नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीसँग आज प्रचण्डले एक्लै भेटेर विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयको समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
उहाँले उक्त कार्यलयको समस्या र नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि मोदीलाई आग्रह गर्नुभएको भेटपछि बाहिरिने क्रममा सन्चारकर्मीसँग भन्नुभयो ।
मोदीलाई भेट्न पार्टीका कुनै नेतालाई नलगि एक्लै सुटुक्क भेट्न पुग्नुभएक दाहालले विराटनगरको सम्पर्क कार्यालयको समस्या समाधानबारे छलफल गर्नु रहश्यमय मानिएको छ ।
उहाँले उक्त कार्यलयको समस्या समाधान भए दुई देशको सम्बन्ध थप सुमधुर बन्ने विश्वास व्यक्त गर्नुभएको बताईएको छ । भेटका अवसरमा आफूले विराटनगरमा रहेको दूतावासको सम्पर्क कार्यालय र सीमा क्षेत्रमा नेपालीले भोग्नुपरेको समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिनुभयो ।
कोशीको बाढीलगत्तै भारतीय पक्षले राहत तथा उद्धारका लागि सहयोग पुग्ने भन्दै विसं २०६५ मा विराटनगर १३ स्थित मलाया रोडमा दूतावासको सम्पर्क कार्यालय स्थापना गरेको थियो । उक्त कार्यलय अहिलेसम्म नहटाएर जाशुसि कार्यलयको रुपमा प्रयोग गरिरहेको भन्दै नेकपाले पटक पटक हटाउन माग गर्दै आन्दोलन गर्दै आएको छ ।
प्रचण्डले कार्यलयको समस्या समाधान गर्न आग्रह गरेको भनेपनि कस्तो समाधान खोजीएको हो भन्ने बारे केहि बताउनु भएन ।