ओलीले अरुण तेस्रो मोदीलाई सुम्पिएपछि विप्लवले दिए कडा चेतावनी, नेकपाद्धारा भोलि नेपाल बन्दको घोषणा(बिज्ञप्तीसहित)

ओलीले अरुण तेस्रो मोदीलाई सुम्पिएपछि विप्लवले दिए कडा चेतावनी, नेकपाद्धारा भोलि नेपाल बन्दको घोषणा(बिज्ञप्तीसहित)

  • शनिबार, बैशाख २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ २९ वैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा सरकारले गरेको राष्ट्रघातको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको आह्वान गरेको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज विज्ञप्ती जारी गर्दै मोदीको भ्रमणका क्रममा सरकारले गरेको राष्ट्रघातले नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोध स्वरुप नेपाल बन्दको आह्वान गरेको बताउनु भयो ।

मोदीको भ्रमणका क्रममा केपी ओली सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोध गर्नुपर्ने अनिवार्यता ठान्दै हाम्रो पार्टीले नेपाल बन्दको घोषणा गरेका छौं, महासचिव विप्लवद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उहाँले लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारकारबीचमा भएको सन्धी, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको भत्र्साना समेत गर्नुभएको छ ।

साथै उहाँले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा भएको अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यास, मोदीको सिधै जनकपूर आगमन, भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर नेपाल आउनु लगायतका घटनाले नेपाली राष्ट्रियतामाथि गम्भिर आघात पुगेको उल्लेख गर्नुभएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आएकै दिन नेपाल कम्युनिस्ट पार्टीले उपत्यकामा व्यापक पर्चा वितरण गरेको छ ।

राजधानीको अति व्यस्त चोक कलंकी, बाजालु, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, बागबजार, रत्नपार्क लगायतका विभिन्न स्थानमा दशौं हजार पर्चा वितरण गरिएको नेकपा स्रोतले जनाएको छ । यस्तै उपत्यकाका थुप्रै कलेजहरुमा समेत पर्चा वितरण गरिएको छ ।

जनताको नाममा सम्बोधन गरिएको उक्त पर्चामा नेपाली सेना र यहाँको सुरक्षा निकायमाथि हस्तक्षेप गर्दै भारतीय सेनालाई परेड खेलाउदा नेपालको सार्वभौम सत्तामाथि ठाडो हस्तक्षेप भएको कुरामा जोड दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ