भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा, यस्तो छ भ्रमण तालिका!

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा, यस्तो छ भ्रमण तालिका!

  • शुक्रबार, बैशाख २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, वैशाख २८ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा जनकपुर आइपुग्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी आफ्नो कार्यकालमा तेस्रो पटक नेपाल आउनुभएको हो । मोदीले तेस्रो भ्रमणको सुरुवात जनकपुरबाट गर्नुभएको हो ।

नयाँ दिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट जनकपुर पुग्नुभएका मोदीलाई विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नुभएको थियो ।

जनकपुरमा उहाँले जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुहुनेछ भने ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उहाँको अभिनन्दन एवं सम्बोधनको कार्यक्रम रहेको छ ।

विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत लगायत प्रदेशका मन्त्रीहरुले मोदीको स्वागत गर्नु हुनेछ । त्यस लगत्तै मोदीले जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना गर्नुहुने छ ।

सोही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई स्वागत गनेु हुनेछ भने दुवै प्रधानमन्त्रीको भेटवार्ता पनि हुनेछ । त्यसक्रममा दुवै प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ ।

त्यस पश्चात ऐतिहासिक रंगभूमि मैदानमा पुग्नु हुने मोदीलाई जनकपुर उपमहानगरपलिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गर्नुहुने छ भने उक्त समारोहलाई उहाँले संबोधन पनि गर्नु हुनेछ ।

मोदीको भ्रमणका कारण प्रदेश नं २ मा सार्वजनिक विदा समेत दिएको छ । यस्तै आजै काठमाडौं आउनु हुने भारतीय प्रधानमन्त्री मोदीलाई टुंडिखेलमा गार्डअफ अनर प्रदान गर्ने सरकारको तयारी छ । उहाँले आजै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसैक्रममा प्रधानमन्त्री ओली र मोदीले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ । मोदी भोलि काठमाडौंबाट मुक्तिनाथ जानु हुनेछ ।

मुक्तिनाथमा पूजा अर्चना गरेर काठमाडौ फर्के पछि मोदीले भोली नै उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने काठमाडौं महानगरपालिकाको तर्फबाट उहाँलाई नागरिक अभिनन्दन गर्ने तयारी छ ।

भोलि अपरान्ह ४ बजे मोदी भारतीय सेनाको विशेष विमानबाट स्वदेश फर्कनु हुनेछ । यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ