स्थानीय निकायमा यथाशीघ्र कर्मचारी पठाइने

स्थानीय निकायमा यथाशीघ्र कर्मचारी पठाइने

  • बिहिबार, बैशाख २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

 

हेटौँडा, २७ वैशाख।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय निकायलाई सबल एवं चुस्त बनाउन यथाशीघ्र कर्मचारी पठाउने कार्य भइरहेको बताउनुभएको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा मन्त्री पण्डितले निजामती कर्मचारीलाई सरकारले दिएको मार्गनिर्देशन आत्मसात् गरी जनताको सेवाका लागि समर्पित हुन आग्रह गर्नुभयो ।

त्यस अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आगामी आव २०७५÷०७६ का लागि ल्याउन लागेको बजेट तथा विकास योजनाको सिलिङ्ग एवं आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउन मन्त्री पण्डितसँग आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले १३ जिल्लाका मागबमोजिम सडक यातायात, कृषि, ग्रामीण विद्युतीकरण र खानेपानीलाई उच्च प्राथमिकता दिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ