उदयपुर , २७ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ५ जना नेताहरुलाई आज रिहा गरे पनि तत्काल गिरफ्तार गर्न खोजेपछि अदालत परिसरमै बसिरहेका छन् ।
जिल्ला अदालत उदयपुरले आज सामान्य धरौटिमा आज रिहा गरेलगत्तै तत्कालै प्रहरीले गिरफ्तार गर्न खोजेपछि पाँचै जना नेताहरु अदालत परिसरमै बसिरहेका छन् ।
गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरि चैत २९ गते धनकुटा जिल्ला प्रशासनले समान्य धलौटिमा छोडे लगत्तै पुन उदरपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।
जिल्ला प्रशासन कार्यलय धनकुटाको प्रांगणबाटै पुन गिरफ्तार गरी उदयपुर लगिएका उनीहरुलाई आज पुन जिल्ला प्रशासन कार्यलय उदयपुरले छाडेको थियो ।
तर प्रहरीले गिरफ्तार लगरि मोरङ लैजाने तयारी गरेपछि नेताहरु बाहिर निस्किएका छैनन् भने बाहिर प्रहरी टोली तैनाथ रहेको जनाईएको छ । अहिले
केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम, सेक्रेटरी नवराज भट्टराई र तेहथुमको सेक्रटरी कमला लिम्बु अदालत परिसर भित्रै रहेका छन् ।
तर राजकुमा दंगाल र दिब्यराज बराललाई भने प्रहरीले संखुवासभा लगिरहेको छ ।