काठमाडौं बैशाख २७ ।
सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
वरिष्ठ नेता नेपालले सरकारले विकास, निर्माणको कामलाई प्राथमिकता दिन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो ।
आज बंगलादेश दुतावासले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाले सरकार सुशासन कायम गर्ने कुरामा पनि कमजोर देखिएको टिप्पणी गर्नुभएको छ । नेता नेपालले स्रोतले सम्पन्न रहेको नेपाललाई समृद्ध बनाउने सोच सरकारमा अभाव रहेको पनि स्मरण गराउनु भएको थियो ।
वरिष्ठ नेता नेपालले नेपालको विकासका लागि जलस्रोत, उर्जा, कृषि र खनिज क्षेत्रको विकासमा विशेष जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ । सो अवसरमा नेता नेपालले नेपालले बंगलादेशको सम्बन्धलाई अझै समधुर बनाउन चाहेको पनि सपष्ट पार्नुभएको थियो ।