भारतीय सुरक्षाकर्मीहरुको घुसपैठप्रति नेकपाको आपत्ति, अरुण—३ आयोजना कब्जा गर्न योजनामा मोदीको भ्रमण: विरही

भारतीय सुरक्षाकर्मीहरुको घुसपैठप्रति नेकपाको आपत्ति, अरुण—३ आयोजना कब्जा गर्न योजनामा मोदीको भ्रमण: विरही

  • बिहिबार, बैशाख २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं बैशाख २७ ।
नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बहानामा कुटनीतिक मर्यादा र नेपालको सार्वभौमिक अखण्डताप्रति नै प्रश्न उठ्ने गरी भारतीय सुरक्षाकर्मीहरुको घुसपैठ भएको भन्दै घोर आपत्ति जनाएको छ ।

आज नेकपाका पोलिटब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज विरहीले विज्ञप्ति जारी गरी मोदीको भोलीबाट हुन लागेको भ्रमणको नाममा भारतीय सुरक्षाकर्मीहरुको घुसपैठले दलाल सरकारको चरित्रलाई झनै उदाङगो बनाएको बताउनु भएको छ ।

उहाँले नेपाल भ्रमण रहस्यमय र नेपाली नागरिकको चाहना विपरीत भएकोले अहिले नागरिकस्तरबाट चर्को बिरोध शरु भएको भन्दै आम नागरिक र देशभक्त व्याक्ति तथा संस्थाहरुको भावना र अभियानमा एकेबद्धता समेत जाहेर गर्नुभएको छ ।

उहाँले अरुण—३ को खारेजी र विराटनगरकोे २०६५ सालमा स्थापना गरेर अहिलेसम्म नहटाईएको बाढी नियन्त्रण तथा उद्धार कार्यालय’ नहटेसम्म आफ्नो पार्टीले सशक्त रुपले प्रतिरोध संघर्ष जारी राख्ने’ पनि बताउनु भएको छ ।

बिज्ञप्तीमा भनिएको छ, राजनीतिक विश्लेषणको आधारमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण अरुण—३ आयोजना कब्जा गर्न, विराटनगरको जासुसी अड्डा कायम राख्न र महाभूकम्पको पीडाको समयमा नेपालमाथि नाकाबन्दी लगाएर थप पीडा र घाँटी निमोठेर नेपाली जनतालाई झुकाउन गरिएको अपराधको ’प्रायश्चित’ गर्न हुँदैछ, यो भ्रमणले नेपाल सरकार र सरकारमा रहेका दलहरुको दलाल चरित्रलाई झनै उदांगो पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ