राष्ट्रियसभा सदस्यको प्रश्न, ‘के हामीले भारतीय प्रधानमन्त्री मोदीलाई सुरक्षा दिन सक्दैनौँ ?’

राष्ट्रियसभा सदस्यको प्रश्न, ‘के हामीले भारतीय प्रधानमन्त्री मोदीलाई सुरक्षा दिन सक्दैनौँ ?’

  • बिहिबार, बैशाख २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, वैशाख २७ ।

राष्ट्रियसभा सदस्यहरुले भोलीदेखि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सिमा सुरक्षाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठूलो संख्याको भारतीय सुरक्षाकर्मीको आवश्यकता, सीमा सुरक्षालगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नेपाल आउँदा ठूलो संख्यामा नेपालमा भारतीय सुरक्षाकर्मी भित्रिँदा सुरक्षामा चुनौती भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘के हामीले भारतीय प्रधानमन्त्री र उहाँसँगै आउने पाहुनालाई सुरक्षाको प्रत्याभुति दिन सक्दैनौँ ?’

राष्ट्रियसभा सदस्य विनादेवी रानाले भारतीय दुतावासलाई नेपालमा ५ करोड रुपैयाँ सम्मको योजना सञ्चालनका लागि खर्च गर्न सक्ने अधिकार दिएको भन्दै उहाँले वर्तमान सरकारको राष्ट्रवाद प्रति प्रश्न गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ