नेकपा र जन क्रान्तिकाबिरुद्ध ओली सरकारले जंगली रवैया देखायो, यो सैह्य छैनः प्रकाण्ड

नेकपा र जन क्रान्तिकाबिरुद्ध ओली सरकारले जंगली रवैया देखायो, यो सैह्य छैनः प्रकाण्ड

  • बुधबार, बैशाख २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, २६ बैशाख ।

नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले केपी ओली नेतृत्वको सरकारले नेकपा, जनवर्गिय संगठन तथा जन क्रान्तिका विरुद्ध जंगली रवैया देखाएको भन्दै आक्रोश ब्यक्त गर्नुभएको छ ।

आज विज्ञप्ती निकालेर प्रवत्ता प्रकाण्डले केपी ओली र प्रचण्ड गठबन्धनको ओली सरकारको पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली रवैयाले कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रवादीहरु र राष्ट्रवादी नेपाली जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको बताउनु भयो ।

उहाँले पार्टीको मजदुर संगठनको पत्रकार सम्मेलनमाथिको सरकारले निरंकुशतावादी दमन, हस्तक्षेप गरी गैर कानूनी तरीकाले नेताहरुलाई गिरफ्तार गरेको भन्दै उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्नुभएको छ ।

प्रहरीले हिजो मंगलवार नेकपा निकट मजदुर संगठनको पत्रकार सम्मेलनमाथि हस्तक्षेप गरि पार्टीका केन्द्रीय सदस्य तथा मजदुर संगठनका अध्यक्ष संजीव (अमर झाँक्री), सचिव देव परियार, केन्द्रीय सदस्य, शिब परियार, शिशिर थापा, हरिचन्द्र खड्का, भिम अधिकारी, एलवि बुढाथोकी र टेक प्रधानलगायत ८ जनालाई गिरप्तार गरेको थियो ।

प्रवक्ता प्रकाण्डले गिरप्तार सबै नेता र कार्यकर्ताहरुको सिघ्र रिहाईको माग पनि गर्नुभएको छ ।

उहाँले देशले अन्तिम मुक्ति र नेपाली जनताले पूर्ण राजनैतिक अधिकार प्राप्त गर्ने प्रवल सम्भावनायुक्त परिस्थिति सृजना भएको भन्दै त्यो २००७ साल देखि नेपाली जनताले अनवरत रुपमा गर्दै आएको जनसंघर्ष र १० वर्षको महान जनयुद्धको परिणाम भएको पनि प्रष्ठ पार्नुभयो ।

नेपाली जनताले क्रान्तिकारी संघर्षबाट हासिल गरेका अधिकारहरुलाई कथित अखण्डता, शान्ति र विकाशको वाहानाबाजीमा कटौंती गर्न कसैले नसक्ने दाबी गर्दै उहाँले जनता र यसको जनक्रान्तिसंग जिस्किने कुरा पार्टी र नेपाली जनतालाई सैह्य नहुने पनि चेतावनी दिनुभयो ।

वाम भनिएको गठबन्धन र ओली सरकारलाई नेकपा र उसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिसंग खेलवाड नगरर्न चेतावनी दिदँै प्रवक्ता प्रकाण्डले दलाल पूँजीपति वर्ग, त्यसको सत्ता र शासन व्यवस्थाको अन्त गर्ने र राष्ट्र एवं नेपाली श्रमजीवी जनताको मुक्ति रहेको समेत बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ