काठमाडौं, बैशाख २५ ।
मोदीको नेपाल भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रमका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका बारेमा पनि छलफल हुने जनाइर्एकाे छ ।
नीति तथा कार्यक्रमको तयारीमा लागेको ओली सरकारले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श थालेको हो ।
नीति तथा कार्यक्रमबारे सुझाव लिन पूर्वप्रधानमन्त्रीसँग प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारीदिनुभयाे ।
सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline