राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

  • सोमवार, बैशाख २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, २४ वैशाख ।
राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ लाई बहुमतले स्वीकृत गरेको छ ।

समितिका सभापति परशुराम मेघी गुरुङले प्रस्तुत गर्नुभएको सो प्रतिवेदनलाई बहुमतले स्वीकृत गरेको हो । उहाँले प्रतिवेदनको सैद्धान्तिक पक्षबारे जानकारी गराउँदै संविधान प्रदत्त राष्ट्रियसभाको काम कारवाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय समेटिएको जानकारी गराउनुभयो ।

प्रतिनिधिसभाको बैठक नबसेको समयमा राष्ट्रिय सरोकारको विषयमा ध्यानाकर्षण गराउनसमेत राष्ट्रियसभा बैठक बस्न सक्ने व्यवस्था नियमावलीमा समेटिएको उहाँले बताउनुभयो । छलफलका आधारमा अपुग रहेका विषय नियमावलीमा थप गरिने सभापति गुरुङको भनाइ थियो ।

प्रतिवेदनमाथि धारणा राख्दै सांसदहरुले राष्ट्रियसभाको बैठकलाई प्रभावकारी बनाउने लक्ष्यका साथ प्रतिवेदन तयार पारिएको भन्दै केही विषयमा भने प्रष्टताको जरुरी रहेको बताएका थिए ।

सभा सञ्चालनको प्रभावकारी व्यवस्था गर्न, राष्ट्रियसभाका सदस्यको कार्यकालका विषयमा समेत स्पष्ट व्यवस्था गर्न उनीहरुको आग्रह छ । सांसदहरुले ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको कार्यकालको बारेमा क्षेत्र, वर्ग तथा खुला सदस्यको छुट्टाछुट्टै व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

माथिल्लो सदनको गरिमा कायम राख्न र जनताको अपेक्षाअनुसार राष्ट्रियसभा सञ्चालन गर्न नियमावलीले विशेष ख्याल गर्नुपर्ने सांसदहरुको धारणा थियो ।

सांसदहरु दीनानाथ शर्मा, बद्री पाण्डे, रामनारायण बिँडारी, विमला राई पौडेल, रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, रामप्रित पासवान र बिना पोखरेलले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ नियमावलीको मस्यौदाको सैद्धान्तिक पक्षमाथि सुझाव दिएका थिए ।

‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही वैशाख २६ गते दिउसो १ बजेसम्म प्रस्ताव दर्ता गराउने समयावधि दिइएको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २६ गते बुधबार अपरान्ह ३ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ