देउवालाई पौडेल समूहको खुल्ला चेतावनी, महासमिति बैठकमा देखार्इदिन्छाै

देउवालाई पौडेल समूहको खुल्ला चेतावनी, महासमिति बैठकमा देखार्इदिन्छाै

  • आइतवार, बैशाख २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, २३ बैशाख ।  बरिष्ठ नेता रामचन्द्र पौडेल समूह यतिवेला सभापति शेरबहादुर देउवाप्रति आक्रमक बनेको छ ।

एकलौटी रुपमा पदाधिकारी मनोनित गरेको भन्दै पौडेल समूहले देउवाविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने रणनीति बनाएकाे छ । कतिसम्म भने देउवा नसच्चिए कडा भन्दा कडा कदम चाल्ने पौडेल समूहको खुल्ला चेतावनी छ ।

महाधिवेशन सकिएको दुई वर्षपछि सभापति देउवाले निर्वाचित केन्द्रीय समितिको बहुमतबाट पदाधिकारी चयन गरेपछि पार्टीभित्र देउवाप्रति पौडेल समूह असन्तुष्ट बनेका हुन् । सभापति देउवाले प्रस्ताव गरेका नाम नै बहुमतबाट टुङ्ग्याइएको थियो । बैठकले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा.प्रकाशशरण महतलाई मनोनयन गरेको थियो ।

महासमिति बैठकमा देउवाको यो निर्णयलाई अवैध बनाएरै छाड्ने पौडेल समूहको उद्धघोष छ । त्यस्तै यतिवेला पौडेल महामन्त्री सशांक कोइरालाप्रति असन्तुष्ट छन् । अहिले कांग्रेसभित्र आन्तरिक द्धन्द्ध चुलिएको छ ।

पौडेल पक्षले महाधिवेशन सकिएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गरिसक्नुपर्ने भएपनि ढिलोगरी मनोनित गरिएकाले विधान बिपरित भएको गम्भिर आरोप लगाएको छ । उता बहुमतबाट गरिने अवैधानिक निर्णय आफूहरुलाई मान्य नहुने कांग्रेस नेता प्रकाशमान सिंहले बताउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ