फौजदारी अभियोग लागेका सांसद पदबाट निलम्बित नहुने भएका छन् । सरकारको नेतृत्व गरिरहेको एमालेले अपराधको अभियोगमा थुनामा रहने सांसदलाई निलम्बन गर्नुपर्ने यसअघिकै व्यवस्थालाई निरन्तरता दिनुपर्ने अडान लिएको थियो ।
तर, सत्तासाझेदार माओवादीले थुनामा रहँदैमा सांसदलाई पदबाट निलम्बन गर्न नहुने पक्ष लिएपछि पुरानो व्यवस्थाले निरन्तरता पाएन । माओवादीले पछिल्लो समय लिएको यो धारमा प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसवादी दलले सुरुदेखि नै अडान लिएका थिए ।
एमालेबाहेक दलको मत नजिक भएपछि शनिबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको बैठकले बहुमतको मागलाई मान्यता दिँदै सहमति गरेको हो ।
नयाँ पत्रिकाबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline