लुम्बिनीमा बन्दको प्रभाव पूर्ण !

लुम्बिनीमा बन्दको प्रभाव पूर्ण !

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

शिव डुम्रे /बुटवल, बैशाख २२ ।

शनिबार विहानैदेखी बुटवलका सडकहरुमा क्रिकेट, फुटवल खेल्ने केटाकेटीहरु जम्मा भएका थिए । शुक्रबार पनि गाडी नचलेपनि निजी गाडीहरुले गर्दा बाटो भने व्यस्त देखिन्थ्यो तर शुक्रबार साझ मशाल जुलुससहित भएको बन्दको अपिल प्रभावकारी देखिन्थ्यो ।

बुटवलको मुख्य चोक राजमार्ग चौराहामा एकाविहानै टायर बलेको थियो । धेरैबेरसम्म सडकमा बन्दकर्ता पनि देखिएनन, अनी सवारी पनि तर सडकभरी सुरक्षाकर्मीहरु तैनाथ थिए । बुटवलका केही क्षेत्रमा बमजस्तै शंस्कापद बस्तुहरुसमेत फेला परेको थियो ।

स्थानीयका अनुसार बुटवलको प्रदर्शनी गेट अगाडी, गोलपार्क, कालिकानगर, तिनाउँ पुल लगायतमा बमजस्तै शंस्कापद बस्तुहरु फेला परेका थिए ।

यस्तै यता नवलपुरको दुम्कीबास, कावासोतीको डण्डा, गैडाकोटको थुम्सीमा एउटा भारतीय नम्बरप्लेटको गाडीहरुमााथी एकाविहानै आगजानी भएपछि बन्दको प्रभाव पूर्ण रुपमा परेको थियो । यता नवलपरासीको बर्दघाट देखी उत्तरमा पर्ने ज्यामिरेमा दुई भारतीय नम्बरको कार र तीन ट्रकमाथी आगजानी गरी सिसाहरु तोडफोड भएको स्थानीयले बताएका छन् ।

यता गुल्मीका दुई स्थानमा गएराती नै दुईवटा बम विष्फोट भएको थियो । जिल्लाको रुरु गाउँपालिका बलेटक्सार र रेसुङ्गा नगरपालिका सदरमुकाम तम्घासनजिकै २ वटा स्थानमा एकै समयमा विष्फोट भएको हो । गुल्मीका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माका अनुसार विष्फोट भएपनि कुनै मानवीय क्षती नभएको र बन्द शान्तिपुर्ण रहेको थियो ।

कपिलवस्तुको गोरुसिंगेमा पेट्रोल बम प्रहार भएको छ । बन्द अबज्ञा गरेको भन्दै अज्ञात समूहले बम प्रहार गरेको हो । काठमाडौंबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक बसमा बम प्रहार भएको छ । मालिका कालिका यातायात प्रा।लि।को ना ६ ख ३९७० नम्वरको बसमा पेट्रोल बम प्रहार भएको छ । प्रा.लि.का अध्यक्ष सुमन पोख्रेलका अनुसार ४ नम्वर र गोरुसिंगेको बीचमा पर्ने वनगैं भन्ने स्थानमा २ जनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन् ।बम प्रहारबाट गाडीमा आगो सल्किदै गरेको अवस्थामा यात्रुहरुले आगो नियन्त्रणमा लिएकाले क्षति हुनबाट बचेको बताइएको छ ।

यस्तै पाल्पा र अर्घाखाँचीमा समेत बन्द शान्तिपूर्ण रहेको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव देशैभर परेको छ । शनिवार सरकारी कार्यालयहरु बन्द रहेपनि उद्योग, कलकारखाना, विद्यालय क्षेत्र पुरै प्रभावित भएको छ । लामो रुटका कुनै पनि सवारी साधनहरु नचलेपनि पानी, दुध, तरकारी, औषधीका गाडी तथा एम्बुलेन्सका गाडीहरु निर्बाध चलेका थिए ।

देशका ठूला शहरहरु बुटवल, काठमाडौं, भैरहवा, पोखरा, विराटनगर, दाङ, सुर्खेत, नारायणगढ, वीरगंज, धनगढी लगायतका बजारहरु सुनसान रहेको छ । राष्ट्रघात, जनघात र आफ्ना केन्द्रीय नेता किरण राई लगायत नेताहरु गिरफ्तारी विरुद्ध नेकपाले नेपाल बन्द गरेको हो । यसैविच शनिबार साझ ५ बजे विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले आन्दोलनमा सहयोग गर्नेसबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

विज्ञप्तीमा राज्यले आतंक बढाउँदै जाने, अनावश्यक धरकपकड बढाउँदै जाने हो भने आन्दोलनको चरण अझ बढ्ने र त्यसले द्धन्द्ध निम्त्याउन सक्ने चेतावनी समेत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ