नेकपा जनप्रतिरोध संघर्षमा उत्रिने: ओली-प्रचण्ड नेकपा र एकीकृत जनक्रान्तिको हत्या गर्न खोज्दैछन्, जो दिवा सपना मात्रैः प्रकाण्ड

नेकपा जनप्रतिरोध संघर्षमा उत्रिने: ओली-प्रचण्ड नेकपा र एकीकृत जनक्रान्तिको हत्या गर्न खोज्दैछन्, जो दिवा सपना मात्रैः प्रकाण्ड

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहा नगरे पार्टी जनप्रतिरोध संघर्षमा उत्रिनेचेतावनी दिनुभएकाे छ ।

शनिबार साँझ एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डले ओली सरकारले आफ्नो नेता कार्यकर्तामाथिको धरपकड र गिरफ्तारी जारी राखेको भन्दै आपत्ति जनाउनु भएकाे हाे ।

उहाँले कथित ओली प्रचण्ड गठबन्धन एवं ओली नेतृत्वको सरकार नेकपा र एकीकृत जनक्रान्तिलाई सिध्याउने खेलमा लागेेका ठोकुवा गर्नुभयाे । प्रकाण्डले  एकीकृत जनक्रान्तिका विरुद्ध कथित ओली–प्रचण्ड गठबन्धन एवं ओली नेतृत्वको सरकार आफ्नो जन्मकालदेखि दमनमा उत्रिदै आएको बताउँदै भन्नुभएकाे छ, “अहिलेसम्मका घटनाक्रम, तथ्य र सूचनाले दमन अभियानको रणनीति तय गर्नेमा ओलीलाई प्रचण्डले उछिनेका छन् । मानौं कि नेपाल कम्युनिस्ट पार्टी र यसले संचालन गरेको एकीकृत जनक्रान्तिको हत्यामा यो ग्याङको राजनैतिक भविष्य र जीवन छ । जुन दिवासपना मात्र हो ।”

प्रवक्ता प्रकाण्डले गिरफ्तार गरेका नेता र कार्यकर्तालाई रिहा गर्नुको सट्टा थप नेता, कार्यकर्ता र जनताको गिरप्तारी गरेको भन्दै सरकारको घोर निन्दा र भ्रत्सना समेत गर्नुभयाे  ।

बिज्ञाप्तिमा भनिएकाे छ “अहिलेसम्मका घटनाक्रम, तथ्य र सूचनाले दमन अभियानको रणनीति तय गर्नेमा ओलीलाई प्रचण्डले उछिनेका छन । मानौं कि नेपाल कम्युनिस्ट पार्टी र यसले संचालन गरेको एकीकृत जनक्रान्तिको हत्यामा यो ग्याङको राजनैतिक भविष्य र जीवन छ । जुन दिवासपना मात्र हो । ”

दमनको क्रममा गत महिना पार्टीका केन्द्रीय सदस्य एवं कोशी ब्यूरो इञ्चार्ज किरण लगायत ८ जना लाई धनकुटाको हिलेबाट गिरप्तार गरि झुट्टा मुद्दामा फसाएर हिरासतमा राखेको र भरखरै काठमाण्डौंबाट महिला संगठनकी महासचिव तथा काठमाण्डौं जिल्ला सेक्रेटरी धिरिन्द्रा उपाध्याय, ललितपुर जिल्ला सेक्रेटरी विपिन, युवा संगठनका अध्यक्ष विवस लगायत ६ जना कमरेडहरुलाई उपत्यकाबाट गिरप्तार गरि ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी झुट्टा मुद्दामा फसाउने प्रपंच गरेकाे भन्दै अापत्ती जनाउनु भएकाे छ ।

गिरफ्तार नेतृ धिरिन्द्रा र विवसलाई अमानवीय यातना दिइराखेको पनि नेकपाले जनाएकाे छ । कपिलवस्तुमा साँस्कृति कार्यक्रम देखाई रहेको स्थानबाट साँस्कृतिक टिमको संयोजक देवराज वि.क. र जिल्ला सदस्य शंभू थारु, कृपाल कोरी र मकवानपुरबाट जिल्ला सेक्रेटरी वाटर लगायतकालाई गिरप्तार गरेकाे प्रति पनि अापत्ती जनाएकाे छ ।

साथै प्रकाण्डले ओली सरकारले पार्टीका विरुद्ध संचालन गरेको दमन अभियान र नेता, कार्यकर्तालाई गरेको गिरप्तारी विरुद्ध संघर्ष र विरोध स्वरूप अाज अाह्वान गरेकाे नेपाल बन्द पूर्णरुपमा सफल रहेकेा भन्दै बन्दको सफलताका लागि क्रियाशिल सम्पूर्ण पार्टी पंति र सहयोगी सबै पक्षलाई आभार प्रकट गर्नुभएकाे छ ।

यस्तै अाज बन्दको तयारी र कार्यन्वयनको क्रममा नवलपरासीबाट पार्टी जिल्ला सदस्य शक्ति, प्यूठानबाट जिल्ला इञ्चार्ज चिन्तामणी र जिल्ला सदस्य केशव, बाग्लुङबाट जिल्ला इञ्चार्ज विकिरण र जिल्ला सदस्य सुमित, विराटनगरबाट गणेश, जनकपुरबाट विजय, सिराहाबाट जिल्ला इञ्चार्ज अनुकूल, चितवनबाट नारायण, प्रदिप र केशब, खैरेनीबाट ५ जना जनता, पश्चिम दाङ्गबाट अर्जुन सहित २ जना सहित दर्जनौंलाइ गिरप्तार गरेको पनि जनाइएकाे छ ।

यसअघि गिरप्तार गरेका नेता र कार्यकर्तालाई रिहा गर्नुको सट्टा  अाेली सरकारले थप नेता, कार्यकर्ता र जनताको गिरप्तार गरेकाे भन्दै  प्रवक्ता प्रकाण्डले त्यसको घोर निन्दा र भ्रत्सना गर्नुभएकाे छ । विज्ञप्तीमा धनिएकाेछ, ओली प्रचण्ड गठबन्धन र ओली सरकारले गिरप्तार नेता, कार्यकर्ता र जनताको शिघ्र रिहा गरेन भने पार्टी जनप्रतिरोध संघर्षमा उत्रिने छ । त्यसको जिम्मेवार कथित गठबन्धन र ओली सरकार हुनु पर्ने छ । ”

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ