काठमाडौ २२ बैसाख ।
नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका विश्वभक्त दुलाल आपहुतीले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । पाटीको नाम बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी जुराईएको आहुती द्वारा आज जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।
कम्युनिष्ट क्रान्तिकारीहरुको काठमाडौमा सम्पन्न विशेष भेलाले विचारधारात्मक कार्यदिशा पारित गर्दे विश्वभक्त दुलालको नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको छ । केन्द्रिय कमिटीमा अधिकांश माओवादी आन्दोलनमा रहेका नेताहरु र केही नयाँ व्यक्तिहरु समावेस भएका छन् ।
भूमण्डलीकृत पुजिवाद तथा आजको सम्राज्यवादको विरुद्ध लड्न नयाँ विचारधारात्मक कम्युनिष्ट शक्तिको आवश्यकता रहेको आहुतीले बताउनु भएको छ । उक्त पार्टीले मानजाती माथि लादिएको सबै प्रकारको शोषण उत्पिडन र प्रयावरण विनास विरुद्ध संघर्ष गर्ने विज्ञप्तीमा जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
