कार्यकर्तालाई प्रचण्डको गोप्य निर्देशनः एमालेसँगको एकताका लागि हामि लचिलो भयौ, पदका लागि झगडा नगर्नुस्

कार्यकर्तालाई प्रचण्डको गोप्य निर्देशनः एमालेसँगको एकताका लागि हामि लचिलो भयौ, पदका लागि झगडा नगर्नुस्

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

पोखरा, वैशाख २२ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पद भन्दा ठुलो नेकपा एमालेसँग पार्टी एकता भएकाले यसको बिरोध नगर्न आग्रह गर्नुभएको छ ।

माओवादी केन्द्र कास्कीका कार्यकर्ताहरुलाई आज गोप्यरुपमा प्रशिक्षण दिँदै उहाँले एमालेसँग एकताका लागि आफूले बिट मारिसकेको बताउनु भयो ।

उहाँले पार्टी एकताका लागि माओवादी केन्द्र लचिलो भएर प्रस्तुत् भएको जानकारी दिदै पार्टीको निर्णयप्रति प्रतिबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले धेरैको पद खोसिनसक्ने संकेत गर्दै त्यसलाई पनि समान्यरुपमा लिन निर्देशन दिनुभयो ।

कार्यकर्तालाई आश्वासन दिँदै उहाँले भन्नुभयो –‘पार्टी एकता कसरी गर्ने, तपाइँहरुको के स्थान हुने भन्ने कुरा मैले मिलाएको छु ।’

अध्यक्ष दाहालले आजै आफ्नो जन्मस्थान ढिकुरपोखरीस्थित ल्याडेमा आफन्तहरुसँग भेटघाटसमेत गर्नुभयो ।

उहाँ पोखरामा बस्ने भनिएपनि पार्टी एकताका लागि एमालेसँग छलफलका लागि आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ