“बजेट बनाउने प्रक्रियामा छौं, विगत जस्तो अब बाँडीचुँडीमा बजेट जादैन् ”: बाँस्कोटा

“बजेट बनाउने प्रक्रियामा छौं, विगत जस्तो अब बाँडीचुँडीमा बजेट जादैन् ”: बाँस्कोटा

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

बनेपा, २२ वैशाख ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालु आर्थिक बर्षमा विगतको जस्तो बाँडिचँुडि वजेट वितरण नहुने दाबी गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा एमाले बनेपा नगर कमिटीले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “बजेट बनाउने प्रक्रियामा छौं, अब खर्च उत्पादनमा हुन्छ, बाँडीचुँडीमा बजेट जादैन् ।”

राज्यमन्त्री बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताउनुभयो । उहाँले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण विगतमा बोलेका कुरा कार्यान्वयन हुने दृढता व्यक्त गर्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकमा विमानस्थल निर्माण गर्ने कुरा विगतमा पनि भनिएको र भर्खरैमात्र स्थलगत रुपमा अनुगमन गरी समिति समेत गरेर उक्त काम अगाडि बढेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले आफूहरुले देखेका समृद्धिका सपना र जनताको बीचमा बाँडेको सपना पूरा गर्नमा सबैको साथ र सहयोग उत्तीकै आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा उहाँले प्रदेश नं ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लालाई बनाउन विभिन्न चरणमा सरोकारवालासँग छलफल भइरहेको बताउनुभयो ।

प्रदेश सांसद वसुन्धरा हुँमागाईंले प्रदेश राजधानीको विषयमा लगभग टुंगो लागिसकेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ