अन्ततः यातायात व्यावसायीले हार माने: आन्दोलन फिर्ता, व्यवसायीलाई निःर्शत रिहा गर्न माग

अन्ततः यातायात व्यावसायीले हार माने: आन्दोलन फिर्ता, व्यवसायीलाई निःर्शत रिहा गर्न माग

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, बैशाख २२ । सिन्डिकेटको पक्षमा वकालत गर्दै आएका यातायात व्यवसायीले यातायात सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि आन्दोलन फिर्ता लिएका छन् ।

यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ती जारी गर्र्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन ।

व्यवसायीले आजदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने जनाउँदै बन्दबाट सर्वसाधारणमा पर्न गएको समस्याप्रति विज्ञप्तिमार्फत माफी मागेका छन् ।

विज्ञप्तिमा पक्राउ परेका यातायात व्यवसायीलाई निःर्शत रिहा गर्न र यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने जनाइएको छ ।

सरकारले आफूहरुलाई वार्तामा बोलाउनु पर्ने र नयाँ गाडीहरुलाई अनुमति दिँदा आफूहरुसँग परामर्श गर्नुपर्ने माग राख्दै यातायात व्यवसायी महासंघको नेतृत्वमा हिजो देशभर गाडी ग्यारेजमै थन्काएका थिए ।

तर सरकारले ग्यारेजमै गाडी थन्काउने र यातायातजस्तो अत्यावश्यक सेवामा अवरोध गर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव सरोज सिटौला, सह–कोषाध्यक्ष डम्बर पन्तलगायत देशभरबाट झन्डै सय जना यातायात व्यवसायी पक्राउ परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ