सिंचाई तथा जल व्यवस्थापनलाई अन्तर्रा्ष्ट्रियस्तरमा विकास गर्नुपर्छ: राष्ट्रपति

सिंचाई तथा जल व्यवस्थापनलाई अन्तर्रा्ष्ट्रियस्तरमा विकास गर्नुपर्छ: राष्ट्रपति

  • बुधबार, बैशाख १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, बैशाख १९ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिको आधुनिकीकरण आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

अन्तराष्ट्रिय सिंचाई तथा जल विकास नियोगको आठौ्रं एशियाली क्षेत्रीय सम्मलेलनको राजधानीमा उद्घाटन गर्दै उहाले नेपालको कृषि प्रणालीलाई बैज्ञानिकीकरण गर्नु पर्नेमा जोड दिनुभएको हो ।

उहाले सिंचाई तथा जल व्यवस्थापनलाई अन्तर्रा्ष्ट्रियस्तरमा विकास गर्नु पर्ने सुझाव दिनुभएको छ । कृषि क्षेत्रमा कार्यरत जनशक्तिको अनुसन्धनात्मक र प्राविधिक क्षमता अभिवृद्धि गुर्नपर्ने उहाको भनाई थियो ।

सिंचाई, नदी नियन्त्रण एवं कृषियोग्य जमिनबाट पानी निकासका क्षेत्रमा बैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञानलाई अन्तर्रा्ष्ट्रिय रुपमा आदान प्रदान गरी नेपालले पाठ सिक्नु पर्ने उनको भनाई थियो ।

नेपालमा सिंचित कृषिको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको भन्दै यसलाई सदुपयोग गर्नु राष्ट्रपतिको भनाई थियो ।

राष्ट्रपतिले नेपालको कृषि क्षेत्र विश्वकै उदाहरणको रुपमा रहेको भन्दै यसलाई अन्तर्रा्ष्ट्रियस्तरको प्राविधिक दक्षता सीपको खाँचो रहेको बताए । सम्मेलनमा २२ मुलुकका ७० वटा अनुसन्धान सम्बन्धि कार्यपत्र पेश गरिने छ ।

त्यसैगरी ३० देशका एक सयभन्दा बढी जलस्रोत विज्ञ र नेपालका ५ सय अनुसन्धानकर्ता र विज्ञ सहभागी छन् । सधै हरित क्रान्तिका लागि सिंचाई सम्मेलनको नारा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ