७ जना एसपीको काज सरुवा

७ जना एसपीको काज सरुवा

  • सोमवार, बैशाख १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

१७ वैशाख – नेपाल प्रहरीले ७ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक(सर्वेन्द्र खनाल)को सचिवालयमा अख्तियारको कार्यालय कंञ्चनपुरका एसपी दानबहादुर कार्की आएका छन् ।

 

यस्तै सुनकाण्डमा मकवानपुरका प्रमुख विकासराज खनाल निलम्बनमा परेपछि उनको ठाँउमा प्रहरी प्रशिक्षणका लोकेन्द्र श्रेष्ठलाई पठाईएको छ ।

यस्तै काज सरुवा हुनेहरुमा डम्बरबहादुर विक महानगरीय ट्राफिकबाट धादिङ र धादिङका धु्रबराज राउत अनुसन्धान विमागमा आएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका जीवन श्रेष्ठ सिरहा प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् । सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा आएका छन् । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा रहेका राजन अधिकारी सुनसरी प्रहरी प्रमुखमा काज सरुवा भएका हुन् ।

त्यस्तै प्रहरीले दुई डिएसपीको पनि काज सरुवा गरेको छ । डिएसपी दधिराम न्यौपाने जिप्रका आछामबाट अपराध अनुसन्धान आएका छन् । उनको ठाँउमा महानगरीय प्रहरी कार्यालयका रूकेश तन्डुकारको काज सरूवा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ