बुद्धजन्मस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउछु :प्रधानमन्त्री

बुद्धजन्मस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउछु :प्रधानमन्त्री

  • सोमवार, बैशाख १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं वैशाख १७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजन्मस्थल लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको आज बिहान अवलोकनपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेपनि ओझेलमा परेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको बिकासकालागी सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।

अन्तर्रा्ष्ट्रिय क्षेत्रमा प्रचार प्रसार नपुगेको कारण बाह्य पर्यटकको संख्यामा कमी आएको भन्दै उहाँले अन्तर्रा्ष्ट्रिय स्तरमा यसको प्रचार प्रसार र प्रर्बद्धनलाई सरकारले प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो ।

अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन हिजो लुम्बीनी पुग्नुभएका प्रधानमन्त्री ओलीले आज बिहान बिभिन्न सम्पदाको अबलोकन समेत गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ