भारतमा अलपत्र परेका ७ नेपाली बालबालिकाको उद्धार

भारतमा अलपत्र परेका ७ नेपाली बालबालिकाको उद्धार

  • आइतवार, बैशाख १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

 

वैशाख १७ ,ललितपुर ।

भारतको विहारमा अलपत्र परेका सात जना नेपाली बालबालिकालाई गैरसरकारी संस्था छोराछोरी नेपालले उद्धार गरि ललितपुर ल्याइएको छ ।

भारतको विहार राज्यको छपरा र मुजफ्फरपुरमा रहेको बाल गृह तथा बालिका गृहबाट ती सात जना बालबालिकालाई केन्द्रीय बाल कल्याण समिति, हरिहरभवनको समन्वयमा गैरसरकारी संस्था छोराछोरी नेपालले शुक्रवार उद्धार गरि काठमाडौं ल्याइएको हो ।

उद्धार गरिएकामा ४ जना बालक र ३ जना बालिका रहेका छन जसमध्ये बालकहरु सर्लाही जिल्लाको हरिवनका रहेका छन् । त्यस्तै रौतहत, जनकपुर र वीरगन्जका १(१ जना बालिका रहेका छन् । चारै जना बालकलाई बिहारको छपरास्थित बाल गृहबाट उद्धार गरिएको हो भने ३ जना बालिकालाई मुजफ्फरपुरको बालिका गृहबाट उद्धार गरिएको हो । उद्धार गरिएका बालकहरु ११ देखि १५ वर्षका रहेका छन् भने बालिकाहरु ११ वर्षका एक जना र ९ वर्षका दुई जना रहेका छन् ।

दिल्लीमा काम गर्न भनी घरबाट भागेका चारै जना बालकलाई छपरा रेल्वे स्टेशनमा रेल्वे प्रहरीले नियन्त्रणमा लिइ बालगृहमा बुझाएका सूचनाका आधारमा सो स्थानबाट उद्धार गरि नेपाल ल्याइएको छोराछोरी नेपालका कार्यक्रम संयोजक अनिला डंगोलले जानकारी दिएका छन । अन्य ३ बालिकाहरु मध्ये दुई जना घरायसी काममा लगाउन बेचिएको र एक जना दाजुसँगै घरबाट भाग्दा छुट्टिएर अलपत्र परेको बुझिएको छ ।

बालबालिकालाई उद्धार गर्न छोरीछोरी नेपालका कार्यकारि निर्देशक शैलजा सि.एम.को नेतृत्वमा कार्यक्रम संयोजक अनिला डंगोल र सञ्चारकर्मी तेज नारायण महर्जनको टोली गत शनिबार नै बिहार पुगेका थिए ।

उद्धार गरिएका बालबालिकालाई अहिले छोराछोरी नेपालको गोदावरी तौखेल स्थित अस्थायी सेल्टरमा संरक्षण गरि राखिएको छ । संयोजक डंगोलका अनुसार संस्थाको नियमानुसार उद्धार गरिएका सात जनालाई पुनस्र्थापनाको लागि एक हप्ता सेल्टरमै राखिनेछ भने सो अवधिमा उनीहरुलाई आवश्यक मनोसामाजिक काउन्सिलिंग गरेर अभिभावकको जिम्मा लगाइनेछ । ‘धेरै अवस्थामा पारिवारिक बिग्रह र गरिवीका कारण यी बालबालिका पुनः भौंतारिने सम्भावनालाई ध्यानमा राखेर सम्बन्धित अभिभावकलाई बुझाउनु अघि उनीहरुको परिवारिक अवस्थाको पनि मूल्यांकन गरिनेछ ।’ उनले भने ।

छोराछोरी नेपालले विगत ३ वर्ष देखि भारतमा अलपत्र परेका बालबालिकालाई उद्धार गर्दै आइरहेको छ । २०७३ चैतमा पनि संस्थाबाट भारतको दरभंगा र मुजफ्फरपुर बाल गृहबाट केन्द्रीय बालकल्याण समितिको समन्वयमा ३३ जना बालबालिकालाई उद्धार गरिएको थियो । संस्थाले हालसम्म १२२ जना बालबालिकाको उद्धार गरि पुनस्र्थापना गरिसकेका छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ