प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोहलाई संबोधन गर्दै

प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोहलाई संबोधन गर्दै

सम्मेलनको निश्कर्षसहित लुम्बिनी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम

  • आइतवार, बैशाख १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, वैशाख १६ ।
प्रधानमन्त्री केपि शर्मा ओलीले आज अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोहलाई संबोधन गर्दै हुुनुहुन्छ । प्रधानमन्त्रीले आज सम्मेलनको निश्कर्षसहित लुम्बिनी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

सन् २०१६ मा लुम्बिनीमै सम्पन्न बौद्ध सम्मेलनले प्रकाशित गरेका पुस्तकहरु पनि प्रधानमन्त्रीले विमोचन गर्ने कार्यक्रम छ ।दिउँसो साढे १ बजेदेखि २ बजेसम्म लुम्बिनी बौद्ध विश्व विद्यालयले आयोजना गरेको दीक्षान्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भोली २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । बुद्ध जयन्ती मूल समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुनुहुन्छ ।

दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले भोली शिलन्यास गर्ने भनिएको ५ हजारजना अट्ने अन्तर्रा्ष्ट्रिय मेडिटेसन सेन्टर (ध्यान केन्द्र) सहितको सभाहलको पनि आज नै शिलान्यास गर्नु हुनेछ ।

त्यस अघि प्रधानमन्त्री ओलीले प्रदेश ५ को संसद बैठकलाई संबोधन गर्नु भएको थियो । सम्मेलन लगायत अन्य कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज विहानै त्यस तर्फ प्रस्थान गर्नु भएको हो ।

प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी भएर भोली नै काठमाडौं फर्कनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ