प्रधानमन्त्री केपी शर्मा ओलीलाइ चिकित्सकहरुले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन्। मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन पनि ओलीलाई स्वास्थ्यकर्मीको सल्लाह छ।
दैनिकहुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम वढाएको निजी चिकित्सक डा. दिलिप शर्माले बताए । ‘दैनिक अबेरसम्म हुने भेटघाटलाई केही कम गराउनुपर्ने सुझाब हामीले दिएका छौं,’ डा. शर्माले भने।
त्यस्तै प्रधामन्त्रीका अर्की निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंहले पनि प्रधानमन्त्रीको स्वास्थ्यको निगरानी गरिरहेको बताएकी छन्।
चिकित्सकहरुले ओलीलाई दैनिक १६ घण्टाभन्दा वढी काम नगर्नु भन्ने सुझाब पनि दिएका छन्। प्रधानमन्त्री ओलीले नियमित औषधि सेवन गर्दै आएका छन्।
नयाँ पत्रिकाबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline