रौतहट, वैशाख १३ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता नरोकिने बताउनुभएको छ ।
रौतहटको चन्द्रपुरमा आज पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले सिंगो देशले एकता चाहेको ले आफुहरुले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्ने बताउनु भएको छ ।
भोलि दुवै पार्टीका कार्यदलले बुझाएका एकतासम्बन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने तयारी भइरहेको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । उहाले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको उल्लेख गर्दै यसमा विलम्ब गर्न नहुने बताउनु भयो ।
साथै अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ ।
अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पूरा गर्न सबैले पहल गर्नुपर्ने बताउनुभएको थियो ।