नेकपाद्वारा नेता कार्यकर्तामाथि भएकाे दमनको विरोध तथा भत्र्सना, विना शर्त रिहा गर्न माग

नेकपाद्वारा नेता कार्यकर्तामाथि भएकाे दमनको विरोध तथा भत्र्सना, विना शर्त रिहा गर्न माग

  • बुधबार, बैशाख १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ , १२ वैशाख ।

नेपाल कम्युनिस्ट पार्टी उपत्यका बिशेष ब्युरोले प्रहरीले आफ्नो पार्टीका नेता कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको छ ।

उपत्यका बिशेष ब्यूरोका इन्चार्ज प्रज्वलले बुधबार प्रेस विज्ञप्ति जारी गरी सरकारले गैर न्यायीक तरिकाले धरपकट एवं राज्य आतंक मच्चाएको बताएका छन् ।

विज्ञप्तिमा घरमा बसिरहेका, बाटोमा हिडिरहेका, व्यक्तिगत काम गरिरहेकाहरुलाई पनि प्रहरीले आस्थाकै आधारमा पक्राउ गरेको उल्लेख छ ।

यस्तै प्रहरीले नेकपाका नेता कार्यकर्ताहरुको घरहरुमा छापा मार्ने मात्र नभई उनीहरुका आफनन्तजनहरुका घरहरुमा समेत छापा मार्ने आतंकित पार्ने र दुःख दिने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रशासनलाई उक्त हर्कत बन्द गर्न आग्रह गर्दै आफ्ना पक्राउ गरिएका नेता–कार्यकर्ता बिनाशर्त रिहाई गर्न माग गरिएको छ । अन्यथा आफ्नो पार्टी शसक्त प्रतिरोधमा उत्रने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

विज्ञप्तीको पूर्ण पाठ 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ