प्रदेश–२ को सुरक्षा अवस्था चुनौतीपूर्ण: गृहमन्त्री थापा

प्रदेश–२ को सुरक्षा अवस्था चुनौतीपूर्ण: गृहमन्त्री थापा

  • बुधबार, बैशाख १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

बारा, वैशाख १२ ।
गृहमन्त्री रामबहादुर थापाले २ नम्बर प्रदेश संवेदनशील प्रदेश भएकाले त्यसैअनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताउनु भएको छ ।

२ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज सिमरामा उद्घाटन गर्दै गृहमन्त्री थापाले अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भीरताका साथ अघि बढ्नुपर्ने बताउनु भएको हो ।

खुला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टाचार, प्राकृतिक विपद्जस्ता समस्या २ नम्बर प्रदेशमा बढी देखिएको भन्दै उहाले सुरक्षा गोष्ठीको सुरुआत पनि यसै प्रदेशबाट गरिएको बताउनु भयो ।

गोष्ठीले २ नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको विषयमा कार्ययोजनासहितको निष्कर्ष निकाल्ने बताइएको छ । यसअघि, आजै सिमरा विमानस्थलमा पत्रकारहरुसँग गृहमन्त्री थापाले भूमिगत भएर तराईमा आपराधिक गतिविधि गर्नेले उन्मुक्ति नपाउने चेतावनी दिनुभएको छ ।

तराईमा हुने अपराधिक घटनाप्रति सरकार गम्भीर रहेको उहाको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ