प्रचण्ड भन्छन्, पार्टी एकतापछि पछुताउनुभन्दा अगाडि नै समय लिनु राम्रो

प्रचण्ड भन्छन्, पार्टी एकतापछि पछुताउनुभन्दा अगाडि नै समय लिनु राम्रो

  • मङ्लबार, बैशाख ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

चितवन, वैशाख ११ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताउनुभएको छ ।

भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा केही जटिलता नभएको तर समय अभावले केही पर सरेको बताउनुभयो ।

वैशाख १४ गते भित्र सबै समझदारी भइसक्ने र लगत्तै पार्टी एकीकरण हुने बताउँदै उहाँले दुई अध्यक्षको व्यस्तताले ढिला भएको बताउनुभयो । समय निकालेर छिट्टै टुंगोमा पुगिने उहाको भनाई थियो ।

केही दिन ढिलाई हुँदैमा केही समस्या नहुने बताउँदै अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछि पछुताउनु भन्दा एकताअघि नै समय लिनु राम्रो भएको बताउनुभयो । वैशाख महिनाभित्रै पार्टी एकीकरण हुने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ