काठमाडौ १० वैशाख ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि जारी छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा आज पनि निर्वाचनमा पार्टीले बेहोरेको हारको समिक्षा हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
निर्वाचनमा बेहोरेको हारको समिक्षा गर्न गत चैत ९ गतेदेखि बैठक शुरु भएको हो । चैत १६ गते नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित भएको बैठक हिजोबाट पुनः शुरु भएको हो ।
बैठकमा हालसम्म ४९ जनाले धारणा राखिसकेका छन् । निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा गर्ने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाको अलोचना गर्ने र संस्थापन पक्षका नेताले बचाउ गर्दै आएका छन् ।
बैठक सम्भवतः भोली सम्ममा सक्ने गरी तयारी भइरहेको जनाएको छ । सभापति शेरवहादुर देउवाले जारी कार्यसमिति बैठक भोलीसम्ममा सकाएर निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाई पदाधिकारी अनुमोदन गर्ने योजनामा हुनुहुन्छ ।