अन्तत: कांग्रेस कमजोर हुनुको कारणबारे मुख खाेले देउवाले !

अन्तत: कांग्रेस कमजोर हुनुको कारणबारे मुख खाेले देउवाले !

  • आइतवार, बैशाख २, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, बैशाख २ । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले अहिलेकै अवस्थामा पार्टीले गति लिन नसक्ने बताएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले पार्टीभित्रको अन्तरघातलाई चिर्न नसके पार्टी कुनैपनि हालतमा अघि बढ्न नसक्ने  बताए ।

निर्वाचनमा पार्टीले भोग्नु परेको पराजयको गम्भीर समीक्षा गर्न जरुरी रहेको भन्दै सभापति देउवाले निर्वाचनको बेला पार्टीभित्रैबाट धोका हुँदा हार व्यहोर्न परेको जिकिर गरे ।

उनले पार्टीभित्र अन्तरघात गर्नेहरुलाई छानविनको दायरामा ल्याएर कारबाही गर्ने चेतावनी दिए ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्वान्तमा कांग्रेस विजयी हुने तर निर्वाचनमा पराजय हुनुले पार्टीभित्रको मूल नेतृत्व फितलो छ भन्ने प्रमाणित गरेको जिकिर गरे ।

उनले बिपीको पालाको जस्तै कांग्र्रेस बनाउन पार्टीभित्रको गुट–उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महामन्त्री डाक्टर शंसाक कोइरालाले पार्टी भित्रको अन्तरद्वन्द्वलाई अन्त्य गरेमात्र काँग्रेस बलियो बन्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ