दुइ वटा स्वास्थ्य र शिक्षा नीतिले मच्चाएको लुट !

दुइ वटा स्वास्थ्य र शिक्षा नीतिले मच्चाएको लुट !

  • सोमवार, चैत्र २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

देश मा दुईवटा स्वास्थ्य र शिक्षा निति ले जनता लाइ ठुलै सास्ती भोग्नु परेको छ। निजि र सरकारी गरि दुईभाग मा बाडिएको शिक्षण सङ्स्था र स्वास्थ्य व्यसथा ले आम जनसमुदाय लाइ स्वास फेर्न समेत गाह्रो बनाइ रहेको छ भने स्वास्थ्य र शैक्षिक माफिया हरुले पेस्की को भरमा सरकार नै डगमगाइ दिने गर्छन। सरकार पनि तिनि हरु विरुद्ध जाने दुस्साहस गर्दैन। तिनि हरुको मिलि भगत ले जनता सधै दबिएर नै बस्नु परेको यथार्थता हामी माझ नै । नयाँ सरकार बने सङै बिकास र समृद्धि को कुरा जता ततै सुनिन्छ। घोषणा पत्र देखी सरकार गठन सम्म आइ पुग्दा बिकास र समृद्धि का नारा भुलेका छैनन। र त्यस्को मुल पक्ष स्वास्थ्य र शिक्षामा का लागी नितिगत रुपमा दुइ सब्द राख्ने जमर्को कसैले गर्दैन त्यही बाट पनि सरकार को दयनिय अब्सस्था को पुष्टि हुन्छ। हामिले हाम्रो समाज मा देख्दै र भोग्दै आएको दुई वटा शिक्षा निति छन, एउटा निजि र अर्को सरकारी । निम्न बर्गहरुको पहुचमा रहेको सरकारी बिधालय हरु भने दिनानुदिन जिर्न हुदै लोप हुने खतरा बढ्दै गएको छ भने। त्यही निजि लगानी मा संचालित स्कुल हरु दिन दुई गुणा रात चौगुणा को स्थरमा वृद्धि भइ रहेको अबस्था छ। सत्ता मा रहेका हरुलाइ कमिसन भन्दा माथिको चिन्ता नै छैन। अझ कुर्सीमा बसि ठुलो स्वरमा भन्छन ५ बर्ष पछि कोहि पनि देश बाहिर जान पर्दैन, नेपाल मै रोजगारी को ग्यारेन्टी गरिन्छ। तर आधार शुन्य छ। रोजगारी को लागी पहिलो आबस्यकता हो शिक्षा तर शिक्षा निम्न वर्ग को पहुछ बाहिर छ। अशिक्षित लाइ रोजगार दिएर विकास गर्छु भन्नु बालुवा मात्रको पुल बनाउछु भन्नु जस्तै हो। शिक्षित हरुलाइ रोजगार दिए पनि निम्न बर्ग ले फेरि पनि खाडी को रातो हावा खानु को बिकल्प छैन, निम्न बर्ग का लागी हाल को सरकार सङ कुनै योजना छैन भन्ने कुरा मा हामी स्पष्ट हुन जरुरी छ। पुजिपती बर्ग का छोरा छोरी हरु गुणस्तरीय शिक्षा हासिल गर्न युरोप अमेरिका सम्म पहुछ राख्न सक्छ्न भने निम्न बर्ग ले आफ्ना छोराछोरी सरकारि स्कुल मै पढाउन पनि खाडी मा खुनपसिना बगाउन पर्छ। पुजिवादी हरुको कालो धनले नै पनि युरोप र अमेरिकी शिक्षक हरुलाइ नेपाल ल्याइ हरेक नागरिकले गुणस्तरीय र प्राविधिक शिक्षा पाउने आधार हरु त प्रयाप्त छन तर यो सरकार बाट त्यो सम्भव छैन। सरकारी शिक्षण सस्था हरुमा गुणस्तरीय शिक्षा दिनु भनेको निजि लगानीमा चलेका स्कुल हरु धरासय हुनु हो, जस्को कमिसन मा सरकार मा बसेका हरुको हालिमुहाली छ त्यसैलाइ धरासयमा पार्ने काम कसरी गरोस? नेपाली समाज पुर्ण रुपमा शिक्षित हुनुमा कमिसन बन्द हुने कतरा त छ नै राजनीतिक रुपमा पनि खतरा सबित हुने छ, हाल युवा युवती हरु बिदेशिनु ले मनपरी सासन सत्ता चलाउन जति सजिलो छ त्यो सम्भावना भोली रहदैन, यो कुरा हाल सत्ता संचालन गर्ने हरुलाइ राम्रो सङ थाहा छ। त्यसैले त ८० बर्षे युवाहरू सत्ता का प्रमुख पात्र बन्न सफल भएका छन। स्वास्थ्य झन बढी लुट को अखडा बनेको हाम्रो देशमा निम्न बर्ग को पहुच हुने कुरै भएन। हामी ले हाम्रै ठाउमा देख्न र अनुभव गर्न सक्छौ कोहि पिन्ड रोगि भएर अकाल मै मर्नु परेको छ भने कोहि सामान्य ज्वरो मा सिटामुल किन्न लण्डन पुग्छन। बिषेस गरि जो स्वास्थ्य मा सबै पहुछ पुर्‍याउछौ भन्दै जनता लाइ झुक्याएर पाँच बर्ष सम्म निजि अस्पताल हरुको कमिसन खाएर डकार्दै बसेका हुन्छन तिनि हरुमा बिदेशी सिटामोल को बढी डिमाण्ड हुन्छ। किन कि उनि हरुलाइ राम्रो सङ थाहा छ नेपाल को स्वास्थ्य व्यबस्था को बारेमा। बर्सैनी दर्जनौ नेता हरु उपचार कालागी बिदेश जाने गर्छन। कारण एक उनि हरुलाइ नेपाली अस्पताल माथी विस्बास त नहुने नै भयो दोस्रो सरकारी कोष रित्तिनु मा उनिहरुको के टाउको दुखाइ। ” हामिले बुझ्नै पर्ने महत्वपूर्ण कुरा केहो भने आफ्नो उपचार को सम्पुर्ण जिम्मेवारी राज्य कोषको छ, छोरा छोरी को पठन पाठान फोन को भरमा हुन्छ। निजि अस्पताल र बिधालय ले जनताबाट लुटेको पैसा बाट मनपरि सन्चैकोष जमाउन सकिन्छ भने निति किन फेर्नु पर्‍यो?” एउटा नेता वा मन्त्री उपचार गराउन बिदेश जादा राज्यकोषबाट लाखौ करोडौ बजेट निकाशा गराइ उपचार सङै हनिमुन मनाएर आउछन। यदि चाहने हो भने नेपाल मा के सम्भव छैन ? तिनै नेता मन्त्री हरुको करोडौ को खर्चले बिदेशी चिकित्सक हरु ल्याएर नेपाली अस्पताल हरुमै सुविधा युक्त उपचार को व्यबस्था गर्न सकिन्छ। र निम्न बर्गहरुको समेत पहुछ पुर्‍याउन सकिन्छ। तर कस्ले गर्ने ? र किन गर्ने? पुजीवादी हरुको हातमा सत्ता हुनु यि दुइ मुख्य कारण हरु हुन उनि हरु सरकार मा छैनन तर सत्ता को चावी उनिहरुकै हात मा छ पैसा जनता बाट लुटेकै छन नेता हरु बिक्रि भएकै छ्न । हाम्रा तिन आधारभूत आबस्यकता शिक्षा, स्वास्थ्य र रोजगार। यदि गुणस्तरीय तथा बैज्ञानिक शिक्षा र स्वास्थ्यमा प्राविधिक रुपमा सुधार हुनेहो भने रोजगार को जिम्मा राज्यले लिनु पर्दैन जनता सक्षम भएर आफ्नो रोजगारी को व्यसथ्ता आफै गर्न सक्ने छन। सार मा भनौ जब सम्म बर्ग बैरी, वर्गीय असमानता, बर्गिय बिभाजन रहन्छ तब सम्म सत्ता सिमित पुजीवादी हरुको चङुलबाट बाहिर आउने छैन। सर्वहारा निम्न बर्ग हरु मात्र जनता भएर दलिनु को बिकल्प छैन। अब प्रस्न यो हो सधै दलिएर बस्ने कि आफ्नो अधिकार प्राप्तीका लागी आबाज उठाउने? बर्गिय उत्थान त्यती सजिलो छैन, बर्सौ देखी जडा गाडेर बसेको पुजिबाद ले आज निगम पुजिबाद को रुप लिइसकेको छ। तर त्यस्लाइ जरैदेखि उखेलेर फाल्ने क्षमता मात्र युवा हरुमा छ। त्यसैले वर्गिय उन्मुक्ति कालागी एकीकृत जनक्रान्तिको अभियानमा लाम्बद्ध हुन सम्पुर्ण युवा बर्गमा अपिल गर्दछु। क्रान्ती हाम्रै पालामा सम्भव छ, आउनुहोस हातमा हात मिलाएर अघि बढौ, सिमित निगम पुजिवाद को अधिनायकवाद ध्वस्त पारौ।

लेखक: जय किशोर पोद्दार -उपाध्यक्ष ,नेपाली जनप्रगतीशिल मोर्चा कतार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी