माकेका युएई अध्यक्षसहित नेताकार्यकर्ता नेकपामा प्रवेश

माकेका युएई अध्यक्षसहित नेताकार्यकर्ता नेकपामा प्रवेश

  • शनिबार, फाल्गुन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

युएई ,५ फागुन । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युएईका संस्थापक अध्यक्ष दुर्गा पोख्रेल लगायतका कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशील मोर्चा युएईमा प्रवेश गरेका छन् ।

यस्तै मञ्च दुबई क्षेत्रीय समितिका सचिव बाबुराम गौतम पनि जनप्रगतिशील मोर्चा युएईमा प्रवेश गरेका छन् । नेपाली जनप्रगतिशील मोर्चा युएईले २३औं जनयुद्द दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष पोख्रेल र क्षेत्रीय समिति सचिव गौतमलाई युएई मोर्चाले पार्टी प्रवेश गराएको हो । युएई स्थित दुबईको एभरेष्ट मार्सल हलमा भएको २३औँ जनयुद्द दिवस कार्यक्रमका प्रमुख अतिथि तथा युएई मोर्चाका वरिष्ठ सल्लाहकार समर खत्रीले दोसल्ला ओढाएर पार्टी प्रवेश गराएका थिए ।
प्रचण्डले माओवादी केन्द्र पार्टीलाई एमालेमा बिलिन गराउन लागेको भन्दै क्रान्तिकारी शक्तिहरु एकीकृत क्रान्तिको पक्षमा गोलबन्द हुनु पर्ने आवश्यकता भएको पोख्रेलले मन्तब्यको क्रममा बताएका थिए । मन्तब्यकै क्रममा अर्का बाबुराम गौतमले माओबादी केन्द्र संसदीय दलाल पार्टीमा भासिएको भन्दै क्रान्तिकारीहरु विद्रोह गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सहभागी हुन सम्पूर्ण क्रान्तिकारी सक्तिलाई आह्वान समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी