अ.से.समाजको २१ बैठक सम्पन्न ,मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोग

अ.से.समाजको २१ बैठक सम्पन्न ,मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोग

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

कतार।

अर्घाखाँची सेवा समाज कतारले २१ औ बैठक सम्पन्न गरेको छ । अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा संस्थाका प्रमुख सल्लाहकार क्रान्ति सिंह विशेष सल्लाहकार जितेन्द्र पाण्डे साथै कार्यसमिति तथा जिल्ला बासीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।

भूमिकास्थान नगरपालिका – ३ ढाकावाङ घर भई हाल सन्धिखर्कमा बसोबास गर्दै आएकी गायिका  जलजला परियार दुबै मृगौलाले काम गर्न छाडेपछि अहिले काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचार गरिरहेकी छन । जलजलाको घरको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकोले सहयोगको लागि विभिन्न सामाजिक सञ्जालहरु निजको परिवारले अपिल गरेका थिए ।

उनी प्रतिस्पर्धी नेपाली तारा सिजन ३ कि उज्ज्वल एक तारा पनि हुन । समाजले शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेको छ ।  उक्त बैठकमा उपस्थित जिल्ला बासी सुभचिन्तहरुबाट आर्थिक रकम सङ्कलन गरि सस्थाको अध्यक्षलाई हस्तान्तरण गरि उक्त पीडितको बैंक खाता जम्मा गर्ने जिम्मा दिएको थियो ।

अन्तमा समाजका अध्यक्ष ठाकुर कुमार परियारले उपस्थित सम्पुर्णमा सहयोगीहरु प्रति विशेष धन्यवाद प्रकट गर्दै सौहार्द बाताबरण सम्पन्न गर्नु भएको थियो । बैठक सञ्चालन महासचिव टेक राज थापाले सञ्चालन गर्नु भएको थियो ।

उक्त बैठकमा विभिन्न ब्याक्तित्वहरुबाट सङ्कलित रकम क.री ६१८/- यसै सस्थाका अध्यक्ष मार्फत पीडित Account holer name of जलजला परियार नारायण बहादुर दर्जीको खाता नेपाली १७ हजार १६ रुपैया उन्चालीस पैसा Sanima Bank Naxal main branch जम्मा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी