कुवेत गएकी महिलाको साउदीमा मृत्यु !

कुवेत गएकी महिलाको साउदीमा मृत्यु !

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, माघ १५ । सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रुपमा कुवेत गएकी रोल्पा, रातामाटा –४ पाखापानीकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ ।

खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब लगिएको थियो । उनको शव राजधानी रियादबाट झण्डै हजार किलोमिटर टाढा वादी अलदवासरस्थित सरकारी अस्पतालमा राखिएको छ । त्यस क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले शवबारे नेपाली दूतावासलाई जानकारी दिएपछि खत्रीको अवस्था बाहिर आएको हो ।

वैदेशिक रोजगार विभागले २०७३ मंसिर १५ मा उनलाई कुवेतको केएफसी कम्पनीको क्लिनरमा काम गर्न व्यक्तिगत श्रमस्वीकृति दिएको थियो । उनलाई एजेन्टले क्लिनरको काममा नभई घरेलु कामदारमा पठाएको खत्रीका बाबु धनराम डाँगीले बताए । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी