जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

 

टोकियो , ४ माघ।

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् ।

घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन ।

घटना मंगलबार मध्यरात भएको भएपनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो । दुई वर्षअघि रोजगारीका लागि जापान आएका सापकोटा र घाइते दुवैजना कुक भिसामा थिए । सापकोटा खानाजावा शहरको एक नेपाली रेस्टुरेन्टमा काम गरेर घर फर्कंदै थिए । घाइते भने सापकोटाको नजिकका आफन्त रहेको प्रहरीले जनाएको छ ।

टोकियोबाट दक्षिणपश्चिममा पर्ने इसिखावा प्रान्तको नोमी शहरस्थित राइमारु नगरको चुस्यो सडकमा तीव्र गतिमा गुडेकोे नम्बर नखुलेको कारले पछाडिबाट ठक्कर दिएको थियो ।

दुईजनाले एउटा साइकल प्रयोग गर्न नपाइने जापानको नियमअनुसार सापकोटाले साइकल डो¥याएर कामबाट कोमाचुस्थित घर जाँदै गर्दा सडक दुर्घटनामा परेको इसिखावाको प्रान्तीय प्रहरीले जानकारी गराएको छ । दुर्घटनालगत्तै उपचारार्थ स्थानीय हान्सोसाकी अस्पतालले सापकोटालाई मृत्यु भएको घोषणा गरेको थियो ।

बाक्लो हिमपातका कारण सडकमा हिउँ जमेकाले सहजताका लागि घुमेर राजमार्ग हुँदै घर जाने क्रममा भएको दुर्घटनाबारे प्रहरीले विस्तृत अध्ययन गरिरहेको जनाएको छ । नियन्त्रण गुमाएर दुर्घटनामा परेको कारका चालक र घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जापानस्थित कुनै पनि नेपाली समाजले आधिकारिक रुपमा केही बोलेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी