मगर संघ जापानले मनायो ‘माघे संक्रान्ति’

मगर संघ जापानले मनायो ‘माघे संक्रान्ति’

  • सोमवार, माघ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

१५ जनवरी, टोकियो ।

मगर संघ जापानले मगर समुदायको साँस्कृतिक महत्व बोकेको चाड माघे संक्रान्ति भव्यताका साथ मनाएको छ ।

मगर जातिको कला, संस्कृति र भेषभुषाको संरक्षण गर्ने उद्देश्यले आइतबार टोकियोमा आयोजित ‘माघे संक्रान्ति एवं साँस्कृतिक कार्यक्रम’मा टोकियो क्षेत्रमा बसोबास गर्ने मगर तथा गैरमगरहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा मगर संघ जापानका पुर्व अध्यक्ष एवं संरक्षक गम जुग्जालीमगरले माघे संक्रान्तिको महत्व र विशेषताबारे प्रकाश पारेका थिए । त्यस्तै स्थानिय मगर कलाकार दिपेन मगर, सुजु सिंजालीमगर, सगुन सूर्यवंशीमगरको सालैजो तथा कौडा गीतहरुमा रहेको आर्कषक नृत्य प्रस्तुतीले कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेको थियो ।

हरेक वर्ष माघे संक्रान्तिको अवसरमा मगर संघले गर्दै आएको चेलीबेटी सम्मान कार्यक्रमको अर्को आर्कषण रहेको थियो ।

उक्त सम्मान संघका अध्यक्ष दिपक बुर्जामगर, सल्लाहकार नबिन थापा मगर र कार्यक्रम संयोजकद्वय किरण थापामगर र योगेन थापामगरले १३ जना चेलीहरुलाई सम्मान गरेका थिए । सम्मानित हुनेमा इन्दिरा गर्बुजामगर, मिना रानामगर, सुनिता रानामगर, अरुणा रानामगर, जिना पुनामगर, दिपा पुनमगर, सुजु सिंजालीमगर, सगुन सूर्यवंशीमगर, रमा थापामगर, सम्झना रानामगर, मिष्टी रानामगर, लक्ष्मी आलेमगर, दिप्ती लुङ्गेलीमगर लगायत थिए ।

कार्यक्रममा संघका संरक्षक खग्रेन्द्र पुनमगर, एनआरएनए आईसीसीका सदस्य दिनेश गुरूङ, तमुधिं जापानकी अध्यक्ष एवं एनआरएनए जापानकी महिला उपाध्यक्ष अनिता गुरुङ, थकाली सेवा समितिका बुद्धि गौचन, श्री गुरुङलगायतले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी